डार्टफोर्ड नेपाली समाजद्वारा भर्चुअल वाक तथा रन च्यालेन्जको नतिजा सार्बजनिक

केन्ट । डार्टफोर्ड नेपाली समाज युकेले कोरोना संक्रमणमा नेपाली समुदाय बिच खेलकुदको माध्यमबाट शारिरीक स्वास्थ्य तथा मानसिक तनाबलाई कम गर्न गत फेब्रुवरी महिनादेखि दौड प्रतियोगिता सुरु गरेको छ । डिएनसि भर्चुअल वाक एण्ड रन च्यालेन्जको नतिजा आइतबार ७ फेब्रुवरीमा भर्चुअल जुम मार्फत विजेताहरुको नाममावली सार्वज्निक गरेको हो । । बिजेताहरुको नामावली डार्टफोर्ड नेपाली समाजका अध्यक्ष गजेन्द्र कटुवालले सार्बजनिक गरेका हुन ।
प्रतियोगितामा हिडाई तर्फ महिला र पुरुष गरि २ समुह र दौडमा महिला तथा पुरुषको एकल समुह गरि जम्मा ३ समुहमा प्रतियोगिता आयोजना गरिएको थियो। हिडाई तर्फको महिला समुहबाट १९ जना प्रतियोगीहरु मध्येबाट सबैभन्दा धेरै १९५.६८ किमी को दुरी पुरा गर्दै अमृता खरेल पहिलो भएकी छिन । दोस्रो, तेस्रो र चौथौ स्थानमा क्रमशः बिना पाण्डे १६०.९३ कि.मी, गंगा पौडेल १४३.०६ कि.मी र अनुपा पौडेल १३३.०८ कि.मी छन ।

हिडाई तर्फ पुरुष समुहमा १२ जना सहभागी पुरुष प्रतियोगीहरु मध्येबाट ध्रुव पौडेलले १८७.०३ कि.मीको दुरी हिडेर प्रथम भए । दोस्रो, तेस्रो र चौथौ स्थानमा क्रमशः डार्टफोर्ड नेपाली समाजका पूर्ब अध्यक्ष राजेश पाठक १६७.९३ कि.मी (दोस्रो स्थान, लेखनाथ खरेल १५४.१९ कि.मी र रबिन डंगोल १४०.४८ कि.मी छन ।
दौड़ प्रतियोगितामा सहभागी पुरुष तथा महिला प्रतियोगीहरु मध्येबाट सबैभन्दा धेरै दुरी १७३.७९ कि.मी को दुरी पार गर्दै गोरख कार्की प्रथम भए भने दोस्रो, तेस्रो र चौथौ स्थानमा क्रमश सुनिल कार्की १२९.१२ कि.मी, धन क्षत्री ११८.४८ कि.मी,र हरि पन्थ ११०.०४ कि.मी भएका छन ।
हरेक समुहका १ बिजेतालाई हौसला स्वरुप समाजले डार्टफोर्ड नेपाली समाजको नामांकित स्पोर्टस टि-सर्ट प्रदान गरिएको थियो । साथै, मार्च महिनाबाट बिजेतालाई £ २१  दरले पुरस्कृत गरिनेछ।
फेब्रुवरी महिनामा परिवारसंग हिड्नुभएका १६ बर्षमुनिका युथहरु नोभा खरेल, बिबिशा सिटौला, आर्यन पौडेल र नोबल पराजुलीलाई परिवारको साथ आउटडोर एक्टिभिटिमा सामेल भएकोले खेल संयोजक प्रकाश थापाले समाजको तर्फबाट हौसला स्वरुप जनही १ प्याकेट चकलेट उपहार दिने घोषणा गरे ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री