वाशिङ्टन । कोभिड–१९ महामारीका कारण गत वर्ष अमेरिकी अर्थतन्त्रले निकै खराब अवस्थाको सामना गर्नुपरेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्रमा व्यापक सङ्कुचन आउँदा आर्थिक वृछि दर ३.५ प्रतिशत कायम भएको बिहीबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
सन् १९४६ पछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको यो सबैभन्दा ठूलो सङ्कुचन भएको अमेरिकी वाणिज्य विभागले जानकारी गराएको हो । उक्त संकुचनले अमेरिकी खर्च र आर्थिक गिरावटलाई पनि प्रतिबिम्बित गरेको र निर्यात, निजी अनुसन्धानमुलक लगानी, गैरराष्ट्रिय स्थिर लगानी, र राज्य र स्थानीय सरकारको खर्च र स्थायी आवासीय लगानीमा वृद्धि भएको पुष्टि गरेको छ ।
गत वर्षको कूल निर्यातमा १३ प्रतिशतको गिरावट आएको छ भने व्यक्तिगत उपभोग्य खर्च ३.९ प्रतिशतमा झरेको छ ।
चौथो त्रैमासिकमा मात्र अमेरिकी कूल गार्हस्थ उत्पादनमा ४.० प्रतिशतले वृद्धि भएको अन्तिम तीन महिनाको पहिलो प्रक्षेपणमा उल्लेख छ ।
जुलाई–सेप्टेम्बरको अवधिको तुलनामा अन्य धेरै देशहरूमा महामारी नियन्त्रणका लागि अपनाइएको उपायका कारण चौथो त्रैमासिकमा अमेरिकी कूल गार्हस्थ उत्पादन वृद्धि केवल १.० प्रतिशत कायम रहेको प्रतिवेदनमा जनाइएको छ ।
अप्रिल–जुन महिनाको अवधिमा ९.० प्रतिशतले गिरावट आएपनि तेस्रो त्रैमासिकमा अर्थतन्त्रमा देखिएको सुधारसँगै वृद्धिदर ७.५ प्रतिशत कायम भएको थियो ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु