बर्लिन । एस्ट्रेजेनेकाद्वारा विकास गरेको कोभिड–१९ विरूद्धको खोप ६५ वर्षभन्दा मुनिका व्यक्तिलाई मात्र दिन जर्मनीको खोप आयोग स्टिकोले बिहीबार सिफारिस गरेको छ ।
एस्ट्र्जेनेकाद्वारा विकसित उक्त खोपमा पाका उमेरका व्यक्तिहरूलाई प्रयोग गरी यसको प्रभाबकारिताबारे आवश्यक पर्ने अपर्याप्त तथ्याङ्कको कारण देखाउँदै जर्मनीमा वृद्धवृद्धालाई यसको प्रयोग नगर्न सिफारिस गरिएको हो ।
वैज्ञानिक तथा विशेषज्ञहरूको एक समितिले बेलायतस्थित विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरिएको अस्ट्राजेनेकाको खोपलाई १८ वर्ष देखि ६५ वर्ष उमेर समूहमा प्रयोग गर्न सुझाब दिएको हो ।
समितिले भनेको छ, “अहिले उपलब्ध तथ्याङ्कमा ६५ वर्ष र त्योभन्दा बढी उमेर समूहका व्यक्तिमा प्रयोग भइ यसको प्रभावकारिता पुष्टि गर्ने आधारहरू अपर्याप्त देखिएकोले जर्मनीमा उक्त उमेर समूहमा यसलाई प्रयोग नगर्न उचित हुने निष्कर्ष निकालिएको छ ।”
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने