लण्डन । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई युनियन अफ एसिएसन अल्पाइन एसोसिएसनले ‘शेर्पा अफ द इयर २०२०’ को उपाधि प्रदान गरेको छ ।
विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल ६ महिना ६ दिनमै चढेका पुर्जालाई १७ओैं अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा हिजो काठमाडौंँमा आयोजित एक कार्यक्रममा पर्यटन विभागकी महानिर्देशक मीरा आचार्य तथा युनियन अफ एसिएन अल्पाइन एसोसिएसनका उपाध्यक्ष सन्तवीर लामाले शेर्पा अफ द इयर २०२० को अवार्ड हस्तान्तरण गरे ।
सो अवार्डलाई पर्वतारोहणका क्षेत्रमा ओस्कारसरह मानिन्छ ।
शेर्पा अफ द इयर २०१९ मिङ्जमा ग्याल्बो शेर्पाले पनि पुर्जालाई सम्मान गरेका थिए ।
हालसम्म शेर्पा विधामा सो अवार्ड पाउने नेपालीहरुमा शेर्पा र पुर्जामात्र रहेको पाइएको छ ।
सो अवसरमा युनियनका अध्यक्ष डा इन योङ लि र अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघका महासचिव लोड बेकर भने भर्चुअल रुपमा सहभागी भएका थिए ।
सो सम्मान पाउँदा हर्ष लागेको पुर्जाले बताएका छन् । उनले पुरस्कारवापत प्राप्त राशी नयाँ युवा पर्वतारोहीलाई मनासलु हिमाल आरोहणमा सहयोग गर्न खर्च गर्ने बताएका छन् ।
म्याग्दी पुर्ख्यौली घर भएका पूर्व गोरखा सैनिक निर्मल पुर्जा केही वर्षदेखि पर्वतारोहणको क्षेत्रमा ख्याति कमाउँदैछन् ।
तस्वीरहरु नेपाल पर्वतारोहण संघ र निर्मल पुर्जाको सामाजिक सन्जालबाट
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त