लन्डन । तमुधिं यूकेको अध्यक्षमा हित काजी गुरुङसहित २९ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
२० औं साधारणसभा र ११ औं महाधिवेशनका लागि दिइएको समयअवधिमा अध्यक्ष हित काजी गुरुङको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले अन्तिम मनोनयन पत्र सार्वजनिक गरेअनुसार २९ जनाकै कार्यसमिति निर्विरोध भएको हो ।
निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयन पत्र दाखिलाको समय १३ डिसेम्बर १० बजेसम्म दाबी/बिरोधको समय तोकिएको थियो । उनीहरुविरुद्ध कसैको पनि उम्मेदवारी मनोनयन पत्र परेको छैन । साथै कसैले पनि तोकिएको समयसीमामा दाबी विरोधसमेत गरेन ।
तर निर्वाचन समितिले यसको औपचारिक घोषणा २० डिसेम्बर अधिवेशनको दिनमा गर्ने जनाएको छ । ल्होछार/ल्होसारदेखि मात्रै नयाँ कार्यसमितिले आफ्नो पदभार ग्रहण गर्ने तमु धिं यूकेको चलन छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा