लन्डन । बीबीसीबाट मङ्गलबार साँझ (८ डिसेम्बर) प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नोपली सेफ सन्तोष शाह ८ उत्कृष्टमा पर्न सफल भएका छन् ।
बेलायतमा बसोबास गर्ने सेफ शाह बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणमा उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् । बेलायतमा सेफ पेशामा संलग्न रहेको उक्त प्रतिस्पर्धालाई उनले चुनौतीको रुपमा लिएको थिए ।
लण्डनको प्रख्यात सेफहरु सँग प्रशिक्षणसँगै काम गरिसकेका शाह मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएको बताएका छन् ।
इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् शाह प्रतिस्पर्धामा शाहले आफ्नो पाक कला देखाएर देखाएका थिए। सेमी-फाइनलमा सन्तोषले बन तरुल र कट्टरको बिया , स्याऊको चट्नी , प्याजको अचार , काक्रोको बिया बनाएका थिए ।
सो संस्करणमा शाहले पाककला मार्फत आफुलाई प्रतिस्पर्धाको लागि सर्वश्रेष्ठ प्रस्तुत गर्न सफल भएका छन् ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]