बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै प्रयोग गर्न अनुमति दिएको छ ।
यो सँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ।
उच्च जोखिममा रहेका समूहहरूलाई खोप दिने काम केही दिनमा सुरू गरिने बिबिसीले जनाएको छ।
खोपको ४ करोड डोज बेलायत सरकारले अर्डर गरिसकेको जनाएको छ। दुई डोज लगाउनु पर्ने उक्त खोप २ करोड बेलायतीलाई पुग्नेछ।
सुरूआती केही दिनमा १ करोड डोज छिट्टै उपलब्ध हुनेछ।
अहिलेसम्मकै छोटो समयमा औसधि निर्माण कम्पनि फाइजरले खोप बनाएको हो।
खोप प्रयोग गर्न दिइने भएपनि मानिसहरूले कोरोनाभाइरसबाट जोगिन हुन जरूरी छ। त्यसको लागि भौतिक दूरी कायम राख्ने, मास्क लगाउनु पर्ने विज्ञहरूले बताएका छन्।
फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमा पनि अनुमतिका लागि निवेदन दिएको छ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]