बेलायतमा कोरोना खोप ९ डिसेम्बर भन्दा पहिले नै वितरण गरिने

The nature of the Pfizer/BioNTech vaccine appears to have forced a rethink of who will get it first, with NHS workers expected to be front of the queue. Photograph: Joel Saget/AFP/Getty Images

लण्डन । बेलायतका अस्पतालहरूलाई आउँदो १० दिन भित्र कोरोनाभाइरस खोप दिने तयारी सुरु गर्न भनिएको छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा  (एनएचएस) का वरिष्ठ अधिकारीहरुलाई इंग्ल्याण्डका अस्पतालहरुमा  फाइजर एण्ड बायोएनटेकले उत्पादन गरेको खोप ९ डिसेम्बर भन्दा पहिले नै वितरण गरिने भएकाले तयारी अवस्थामा रहन भनिएको हो । त्यसका लागि खोप नियामकले केही दिन भित्रै  स्वीकृति दिने बताइन्छ।

अस्पताल स्रोतहरुका अनुसार एनएचएस इंग्ल्याण्ड र अन्य अस्पतालहरुले ७, ८ र ९ डिसेम्बरमा भ्याक्सिनको स्टक पाउने जानकारी पाएका छन् ।

पहिलो चरणमा  केवल एनएचएस स्टाफलाई ज्याब दिइने छ, त्यस पछि केयर होम वासिन्दाहरू र ८० वर्ष उमेर भन्दा माथिकालाई खोप दिइने छ । ती दुई समूह कोभिड -१९ बाट मृत्यु हुने सबैभन्दा बढी जोखिममा रहेका छन् । तर केयर क्षेत्रका प्रमुखहरूले रिसाउँदै त्यस कदमलाई विश्वासघातको संज्ञा दिएका छन् ।

खोप तथा खोप सम्बन्धी संयुक्त समिति (सेप्टेम्बर) मा जारी निर्देश तथा  कुन समूहलाई प्राथमिकता दिइन्छ भन्ने निर्णय गर्ने सरकारी सल्लाहकारहरूले केयर होममा रहेका बुढा व्यक्ति र उनीहरूका कर्मचारी सूचीमा शीर्ष हुनुपर्ने बताएका छन्। ८० बर्ष भन्दा माथिका र स्वास्थ्य र सामाजिक हेरचाहमा काम गर्ने  सबैलाई दोस्रो प्राथमिकता भनिएको थियो।

पब्लिक हेल्थ इंल्यान्डले शुक्रबार एनएचएसको लागि निर्देशनमा प्राथमिकता सूची पुन दोहोर्‍यायो।

तर फाइजर खोपको प्रकृतिले गर्दा यो खोप कसलाई पहिला दिने भन्ने विषयमा पुनर्विचार गर्नु परेको अधिकारीहरुको भनाइ छ । यसको संरचनाका कारण यसलाई सीमित पटक मात्र एक ठाउंबाट अर्को ठाउंमा सार्न सकिन्छ।  एनएचएसका  अधिकारीहरू विश्वास गर्छन् कि यदि यसलाई चार भन्दा बढी स्थानमा सारियो भने यो खोप अस्थिर र अप्रभावी हुने जोखिम हुन सक्छ । बेलायतका अस्पतालहरू पुग्दा यो बेल्जियमको फाइजर उत्पादन प्लान्टबाट बेलायतका भण्डारण केन्द्रहरू र ती केन्द्रहरूबाट अस्पतालहरू सञ्चालन हुने ठाउँमा दुई पटक सारिने छ ।

एक अस्पतालका वरिष्ठ कार्यकारीले  भने, “हामीलाई  डिसेम्बरमा यो खोपको आशा गर्न भनिएको छ र त्यो हप्ता हाम्रा स्टाफहरुलाई खोप लगाउने योजना छ। जे होस्, हामीलाई फाइजर भ्याक्सिन दिइंदैछ जसलाई फेरि सार्न सकिँदैन।  एक पटक यो हामीसंग आए पछि  हामीले यसलाई पाँच दिनभित्र प्रयोग गर्नुपर्दछ, जुन हाम्रो शेल्फ लाइफ हो।

“मूल योजना केयर होमहरूमा पहिले दिने थियो। तर एकपटक यो खोप हाम्रोमा आयो भने यो समुदायमा प्रयोग गर्न सकिंदैन, त्यसैले एनएचएस कर्मचारीहरूले मात्र यसलाई लिन सक्नेछन्, कमसेकम सुरुमा। ”

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री