लण्डन । नेपालबाट दुई साताअघि युके आई सेल्फ आइसोलेसनमा बस्दाबस्दै ढलेका घाकबहादुर गुरुङको आज निधन भएको छ ।
बेलायती सेनाका पूर्व कर्पोरल गुरुङको ७६ वर्षको उमेरमा आज बिहान ११:२८ बजे युकेको ननिटनस्थित जर्ज इलियट अस्पतालमा निधन भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएन युकेका महासचिव भीम सारुले जानकारी दिए ।
पुर्ख्यौली घर रुपा गाउँपालिका-७, साक्लुङ कास्की भएका गुरुङ श्रीमती र कान्छी छोरीका साथ ननिटनमा बस्दै आएका थिए ।
उनी नोभेम्बर ७ मा मात्र नेपालबाट आएका थिए । युके आएपछि उनी बेलायत सरकारको नियमपालना गर्दै १४ दिने सेल्फ आइसोलेसनमा बस्दै थिए । सोही सिलसिलामा नोभेम्बर १४ का दिन शौचालयमा ढलेपछि उनलाई अस्पताल लगिएको थियो ।
अस्पतालमा उनमा अक्सिजनको मात्राको कमी भएको कारण श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनमा कोभिड १९ को संक्रमणसमेत भेटिएको अस्पतालले जनाएको छ । तर नेपालमा युके उडान हुनुपूर्व लिइएको कोभिड १९ जाँचमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।
आर्मी नम्बर २११५४४४८ का उनी सन् २०१३ देखि ननिटनमा बस्दै आएका थिए ।
पारिवारिक स्रोतका अनुसार उनमा बाथको समस्याबाहेक अन्य स्वास्थ्य समस्या थिएन ।
उनको एक छोरी र चार छोरा नेपालमै छन् ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]