आइतबार, माघ ११ २०७७ | Sun, January 24, 2021
नेपालको समय: ०१:१० | UK Time: 19:25

तीन किसिमका कोरोना खोपमा के के फरक र समानता छन् ?

वीनेपाली
२०७७ मंसिर ९ गते १३:४४

लण्डन । कोरोना भाइरसको संक्रमणबाट विश्वलाई मुक्त पार्न खोप बनाउने दौडमा रहेका सयौँ योजनाहरुमध्ये केहीको प्रारम्भिक नतीजा सार्वजनिक भएको छ ।

हालसम्म फाइजर र बायोएनटेक, मोडना र अक्सफोर्ड र आष्ट्राजेनिकाको तेस्रो चरणको परीक्षणको शुरुवाती नतीजा आइसकेका छन् । रसियाले निर्माण गरेको स्पुतनिक नामक खोपका बारेमा भने बजारमा धेरै जानकारी नआइसकेकोले बाँकी तीन खोपको समानता र फरकका बारेमा यहाँ चर्चा गरिन्छ ।

प्रविधि

अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपमा भाइरसको प्रोटिनलाई खोपका रुपमा शरीरमा लगाइन्छ र यदि भाइरसले संक्रमण गरिहालेको खण्डमा सो खोपले शरीरमा प्रतिरोधी क्षमताको विकास गर्दछ ।

मोडना र फाइजरको खोपमा भने प्रयोग भएको विधिलाई एमआरएनए (mRNA) भनिन्छ । जहाँ खोपमार्फत अनुवांशिक कोडहरु पठाइन्छ र सो कोडका कारण खोप लाउने मानिसको शरीरमा एन्टीजेनको विकास हुन पुग्दछ र त्यसले भाइरसका विरुद्ध प्रतिरोध गर्दछ ।

अक्सफोर्डले अपनाएको प्रविधिबाट पहिले पनि खोप बनिसकेको छ भने एमआरएनए प्रविधिबाट यसअघि खोप बनाइएको थिएन । तीनै किसिमका खोपको डोज पूरा गर्न दुईपटक लगाउनु पर्दछ । फाइजरको खोप तीन साताको अन्तरमा दुई डोज लगाउनु पर्छ भने मोडना र अक्सफोर्डको चार साताको फरकमा ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक