शनिबार, माघ ३ २०७७ | Sat, January 16, 2021
नेपालको समय: २०:४५ | UK Time: 15:00

इङल्याण्डमा दोस्रो लकडाउन पछि पुन: ‘टियर’ प्रणाली लागू गरिने

वीनेपाली
२०७७ मंसिर ८ गते १६:२४

प्रधानमन्त्री जोन्सन । तस्बिर बीबीसी

लण्डन । इङल्याण्डमा आगामी साता राष्ट्रिय लकडाउनको अन्त्यपछि कोरोना भाइरसलाई नियन्त्रण गर्न पुन ‘टियर’ प्रणाली लागू गरिने भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार बेलायतको संसदमा बोल्दै सो घोषणा गरेका हुन् । उनले पुन: इङल्याण्डमा तीन ‘टियर’ प्रणाली कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनको अन्त्यसँगै अब इङल्याण्डमा अत्यावश्यकबाहेकका पसल तथा व्यवसायहरु खुल्न पाउने छन् । जसमा जीम, कपाल काट्ने सैलुन लगायत छन् ।

प्रधानमन्त्री जोन्सनले इङल्याण्डको कुन भाग कुन टियरमा पर्ने भन्ने बारेमा विहीबार घोषणा गर्ने बताएका छन् ।
नयाँ तीन टियर अनुसार टियर १ मा पर्ने क्षेत्रमा सम्भव भएसम्म घरबाटै काम गर्न भनिने छ भने पवहरु राति ११ बजेसम्म खुल्न पाउने छन् । टियर २ मा पर्ने क्षेत्रहरुमा पवहरु खाना खानका लागि मात्र खोलिने छन् । टियर ३ मा पर्ने क्षेत्रहरुमा टेकवेका लागि मात्र आतिथ्य सत्कारका व्यवसाय खुल्ला रहने छन् ।
यस्तैगरी, टियर नम्बरअनुसार फुटबल तथा अन्य खेलकुद प्रतियोगितामा दर्शकहरुलाई स्टेडियममा प्रवेश दिइनेछ । टियर १ मा इन्डोर स्पोर्टसमा २ हजार दर्शकलाई, टियर २ मा १ हजार दर्शकलाई प्रवेश दिइने छ ।
कोभिड विन्टर प्लान नाम दिइएको ५६ पेजको नयाँ योजना प्रस्तुत गर्दै प्रधानमन्त्री जोन्सनले वसन्त ऋतुलाई मध्यनजर गरी नयाँ योजना बनाएको बताए । उनले वसन्त सम्ममा कोभिड लकडाउनलाई अन्त्य गर्ने सरकारको योजना रहेको प्रष्ट पारे ।
आइसोलेसनमा रहेका प्रधानमन्त्रीले जोन्सनले भर्चुअल माध्यमबाट सांसदहरुको प्रश्नको जवाफ दिँदादिँदै प्राविधिक समस्याका कारण स्क्रिनबाट हराएपछि एकछिन सेसन रोकिएको थियो । त्यसपछि स्वास्थ्य मन्त्री म्याट हानककले सांसदहरुको प्रश्नको जवाफ दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक