लण्डन । कोरोना भाइरसविरुद्धको खोपको होडमा अग्रपंक्तिमा रहेको अक्सफोर्ड विश्वविद्यालयको खोपको प्रभावकारिता ९० प्रतिशतसम्म हुनसक्ने प्रारम्भिक विश्लेषणल देखाएको छ ।
बेलायत तथा ब्राजिलमा हजाराैँ स्वयंसेवकहरुमा गरिएको तेस्रो चरणको परीक्षणको सोमबार सार्वजनिक शुरुवाती विश्लेषणले सो खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउन सक्ने सम्भावना ९० प्रतिशतसम्म हुनसक्ने देखाएको हो ।
अक्सफोर्डले ओैषधि निर्माता कम्पनी आष्ट्राजेनिकासित मिलेर बनाएको AZD1222 नाम दिइएको सो खोपको पहिलो मात्रा दिइएकाहरुमा एक महिनापछि जाँच गरिँदा ९० प्रतिशतसम्म काम गरेको पाइएको देखिएको छ । यसैगरी एक महिनाको फरकमा पहिलो र दोस्रो दुवै डोज दिइएकाहरुमा ६२ प्रतिशत मात्र प्रभावकारिता देखिएको छ ।
दुवै डोज पछिको परिणामलाई ओैसलमा ७० प्रतिशत प्रभावकारी रहेको विश्लेषण गरिएको छ । तर यो विश्लेषण १३१ वटा केसमा गरिएको विश्लेषणमा आधारित छ र अन्तिम परिणाम आउँदासम्म परिवर्तन पनि हुनसक्ने जनाइएको छ ।
अक्सफोर्डको खोपको प्रभावकारिता यसअघि सार्वजनिक फाइजर, मोडना र स्पुतनिकको भन्दा कम देखिए पनि यो खोप सस्तो र ओसारपसारमा सजिलो रहेको बताइएको छ । जबकि फाइजरको खोप माइनस ७० डिग्री सेन्टिग्रेटमा भन्डारण गर्नपर्ने बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने