लण्डन । कोरोना भाइरसविरुद्धको खोपको होडमा अग्रपंक्तिमा रहेको अक्सफोर्ड विश्वविद्यालयको खोपको प्रभावकारिता ९० प्रतिशतसम्म हुनसक्ने प्रारम्भिक विश्लेषणल देखाएको छ ।
बेलायत तथा ब्राजिलमा हजाराैँ स्वयंसेवकहरुमा गरिएको तेस्रो चरणको परीक्षणको सोमबार सार्वजनिक शुरुवाती विश्लेषणले सो खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउन सक्ने सम्भावना ९० प्रतिशतसम्म हुनसक्ने देखाएको हो ।
अक्सफोर्डले ओैषधि निर्माता कम्पनी आष्ट्राजेनिकासित मिलेर बनाएको AZD1222 नाम दिइएको सो खोपको पहिलो मात्रा दिइएकाहरुमा एक महिनापछि जाँच गरिँदा ९० प्रतिशतसम्म काम गरेको पाइएको देखिएको छ । यसैगरी एक महिनाको फरकमा पहिलो र दोस्रो दुवै डोज दिइएकाहरुमा ६२ प्रतिशत मात्र प्रभावकारिता देखिएको छ ।
दुवै डोज पछिको परिणामलाई ओैसलमा ७० प्रतिशत प्रभावकारी रहेको विश्लेषण गरिएको छ । तर यो विश्लेषण १३१ वटा केसमा गरिएको विश्लेषणमा आधारित छ र अन्तिम परिणाम आउँदासम्म परिवर्तन पनि हुनसक्ने जनाइएको छ ।
अक्सफोर्डको खोपको प्रभावकारिता यसअघि सार्वजनिक फाइजर, मोडना र स्पुतनिकको भन्दा कम देखिए पनि यो खोप सस्तो र ओसारपसारमा सजिलो रहेको बताइएको छ । जबकि फाइजरको खोप माइनस ७० डिग्री सेन्टिग्रेटमा भन्डारण गर्नपर्ने बताइएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]