काठमाडौँ — बहुराष्ट्रिय कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्धको खोपको आपत्कालीन प्रयोग(ईयूए) का लागि अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडीए) समक्ष निवेदन दिएका छन् ।
अमेरिकी नियमनकारी निकायसमक्ष आपत्कालीन प्रयोगका लागि निवेदन दिने यो पहिलो कोरोना खोप हो । फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बोलाले यसलाई ऐतिहासिक दिन भनेका छन् । शुक्रबार एउटा भिडियो जारी गर्दै उनले भनेका छन्, ‘विज्ञान र हामी सबैका लागि यो एक ऐतिहासिक दिन हो । हामीले बायेएनटेकसँग सहकार्य गर्दै कोरोना खोप बनाउने योजना घोषणा गरेको २४८ दिनमै हामीले एफडीएमा आपत्कालीन प्रयोगका लागि निवेदन दिएका छौं ।’
बीएनटी१६२बी २ नामको यो खोप डिसेम्बरको अन्त्यसम्ममा अमेरिकामा उपलब्ध हुने बताइएको छ । २८ दिनको अन्तरालमा कोरोना संक्रमितलाई यो खोपको दुई डोज दिनुपर्ने अनुसन्धानकर्मीले बताएका छन् ।
तेस्रो चरणको परीक्षणमा अत्यन्तै प्रभावकारी देखिएपछि फाइजरले एफडीएमा आपत्कालीन प्रयोगका लागि निवेदन दिएको हो । उक्त खोप ६ वटा मुलुकका करिब ४३ हजार ५ सय मानिसमा परीक्षण गर्दा स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको कम्पनीले दाबी गरेको छ ।
एफडीएले शुक्रबार फाइजर र बायोएनटेकसँग डिसेम्बर १० मा कोरोना खोपको आपत्कालीन प्रयोगबारे छलफल गर्ने भएको छ । त्यसपछि मात्रै एफडीएले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिने वा नदिने निर्णय गर्नेछ ।
त्यस्तै अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रभावकारी देखिएको एक अध्ययनले जनाएको छ ।
मोडर्नाले क्लिनिकल परीक्षणमा सहभागी भएकाहरूको नतिजा विश्लेषण गर्दा उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो । मोडर्नाले पनि यसै महिनाको अन्त्यसम्ममा आपत्कालीन प्रयोगका लागि एफडीएमा निवेदन दिने बताएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने