काठमाडौँ — बहुराष्ट्रिय कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्धको खोपको आपत्कालीन प्रयोग(ईयूए) का लागि अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडीए) समक्ष निवेदन दिएका छन् ।
अमेरिकी नियमनकारी निकायसमक्ष आपत्कालीन प्रयोगका लागि निवेदन दिने यो पहिलो कोरोना खोप हो । फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बोलाले यसलाई ऐतिहासिक दिन भनेका छन् । शुक्रबार एउटा भिडियो जारी गर्दै उनले भनेका छन्, ‘विज्ञान र हामी सबैका लागि यो एक ऐतिहासिक दिन हो । हामीले बायेएनटेकसँग सहकार्य गर्दै कोरोना खोप बनाउने योजना घोषणा गरेको २४८ दिनमै हामीले एफडीएमा आपत्कालीन प्रयोगका लागि निवेदन दिएका छौं ।’
बीएनटी१६२बी २ नामको यो खोप डिसेम्बरको अन्त्यसम्ममा अमेरिकामा उपलब्ध हुने बताइएको छ । २८ दिनको अन्तरालमा कोरोना संक्रमितलाई यो खोपको दुई डोज दिनुपर्ने अनुसन्धानकर्मीले बताएका छन् ।
तेस्रो चरणको परीक्षणमा अत्यन्तै प्रभावकारी देखिएपछि फाइजरले एफडीएमा आपत्कालीन प्रयोगका लागि निवेदन दिएको हो । उक्त खोप ६ वटा मुलुकका करिब ४३ हजार ५ सय मानिसमा परीक्षण गर्दा स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको कम्पनीले दाबी गरेको छ ।
एफडीएले शुक्रबार फाइजर र बायोएनटेकसँग डिसेम्बर १० मा कोरोना खोपको आपत्कालीन प्रयोगबारे छलफल गर्ने भएको छ । त्यसपछि मात्रै एफडीएले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिने वा नदिने निर्णय गर्नेछ ।
त्यस्तै अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रभावकारी देखिएको एक अध्ययनले जनाएको छ ।
मोडर्नाले क्लिनिकल परीक्षणमा सहभागी भएकाहरूको नतिजा विश्लेषण गर्दा उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो । मोडर्नाले पनि यसै महिनाको अन्त्यसम्ममा आपत्कालीन प्रयोगका लागि एफडीएमा निवेदन दिने बताएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]