लण्डन । बेलायतले मोडेनाको कोरोनाविरुद्धको खोपको ५० लाख डोज अर्डर गरेको छ ।
स्वास्थ्य मन्त्री म्याट हानककले सोमबार पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले आगामी वसन्त ऋतुमा सो अर्डर आइपुग्ने आशा व्यक्त गरे ।
सोमबार सार्वजनिक मोडेनाको कोरोना विरुद्ध खोपको प्रभावकारिता बारेको प्रारम्भिक रिपोर्टमा सो खोप कोरोना भाइरसबाट मानिसहरुलाई बचाउन करिब ९५ प्रतिशत सफल हुने बताइएको थियो ।
बेलायतले विभिन्न ६ वटा कम्पनीहरुले विकसित गरिरहेका करिब ३५ करोड डोज कोरोना भाइरसविरुद्धको खोप अर्डर गरे पनि मोडेनाको भने गरेको थिएन । सोमबार मात्र मोडेनासित ५० लाख डोजको अर्डर गरिएको हो ।
मोडेनाको खोप भने फाइजरको खोपभन्दा ढिलो मात्र बेलायतले पाउने छ किनकी बेलायतले मोडेनाको खोपको प्रिअर्डर गरेको थिएन । मोडेनाभन्दा अघि नै अरु खोपहरु बेलायतमा आउनेमा हानककले विश्वास व्यक्त गरेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरिरहेको खोपको रिपोर्ट अर्को साता आउने अपेक्षा गरिएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]