लण्डन । बेलायतले मोडेनाको कोरोनाविरुद्धको खोपको ५० लाख डोज अर्डर गरेको छ ।
स्वास्थ्य मन्त्री म्याट हानककले सोमबार पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले आगामी वसन्त ऋतुमा सो अर्डर आइपुग्ने आशा व्यक्त गरे ।
सोमबार सार्वजनिक मोडेनाको कोरोना विरुद्ध खोपको प्रभावकारिता बारेको प्रारम्भिक रिपोर्टमा सो खोप कोरोना भाइरसबाट मानिसहरुलाई बचाउन करिब ९५ प्रतिशत सफल हुने बताइएको थियो ।
बेलायतले विभिन्न ६ वटा कम्पनीहरुले विकसित गरिरहेका करिब ३५ करोड डोज कोरोना भाइरसविरुद्धको खोप अर्डर गरे पनि मोडेनाको भने गरेको थिएन । सोमबार मात्र मोडेनासित ५० लाख डोजको अर्डर गरिएको हो ।
मोडेनाको खोप भने फाइजरको खोपभन्दा ढिलो मात्र बेलायतले पाउने छ किनकी बेलायतले मोडेनाको खोपको प्रिअर्डर गरेको थिएन । मोडेनाभन्दा अघि नै अरु खोपहरु बेलायतमा आउनेमा हानककले विश्वास व्यक्त गरेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरिरहेको खोपको रिपोर्ट अर्को साता आउने अपेक्षा गरिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने