लण्डन । कोरोना भाइरसविरुद्ध खोपको दौडमा अमेरिकी कम्पनी मोडनाले विकसित गरेको खोप कोरोना भाइरसबाट मानिसहरुलाई बचाउनमा ९५ प्रतिशत प्रभावकारी भएको परिणाम पाइएको छ ।
सोमबार प्रकाशित परीक्षणको प्रारम्भिक नतीजाअनुसार सो खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९४.५ प्रतिशत प्रभावकारी रहेको भेटिएको छ । यो खोप गत साता समाचारमा आएको फाइजरको खोपभन्दा बढी प्रभावकारी देखिएको छ ।
अमेरिकी सरकारको अपरेसन वार्प स्पीड योजनासितको सहकार्यमा विकसित सो खोप भण्डारण ओसारपसार गर्न गत साता सार्वजनिक फाइजरको खोपभन्दा सजिलो समेत पाइएको छ । मोडनाको खोप ३० दिनसम्म घरायसी फ्रिजमा राख्न सकिने र १२ घन्टासम्म कोठाको तापक्रममा राख्न सकिने बताइएको छ ।
यस्तै, घरायसी वा क्लिनिकको फ्रिजमा माइनस २० डिग्री सेन्टीग्रेड तापक्रममा ६ महिनासम्म राख्न सकिने छ ।
मोडनाका प्रमुख कार्यकारी निर्देशक स्टेफेन ब्यानसेलले कम्पनीको कोरोना भाइरसविरुद्धको खोप निर्माणको महत्वूर्ण क्षण भएको बताएका छन् ।कम्पनीले जनवरीदेखि नै मानिसहरुलाई भाइरसबाट बचाउनका लागि भाइरसको पछि लागेको उल्लेख गर्दै उनले तेस्रो चरणको परीक्षणले मोडनाको खोपले कोरोना भाइरसबाट मानिसलाई बचाउन सकिने देखाएको बताए ।
परीक्षणका क्रममा करिब ३० हजार मानिसलाई चार साताको फरकमा दुई डोज खोप दिइएको थियो । आज सार्वजनिक नतीजा जसमध्ये ९५ जनामा गरिएको अध्ययनबाट आएको हो । तर अन्तिम नतिजा भने आज प्रकाशित नतीजाभन्दा फरक पनि आउन सक्ने बताइएको छ ।
मोडनाले आगामी साता मान्यता पाउनका लागि नियामक निकायमा निवेदन दिने बताएको छ ।
बेलायतले भने हालसम्म सो खोपको अर्डर गरेको छैन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने