लण्डन । नेपाल तथा बेलायतका परराष्ट्र सचिवस्तरीय बैठक गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा कुनै निर्णयबिना सकिएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा छलफल गरिएका विषयहरुमा गोरखा सैनिकका सवालहरु भन्ने उल्लेख भए पनि कुनै टुंगोमा पुगेको बताइएको छैन ।
नेपाल बेलायत द्विपक्षीय परामर्श संयन्त्र नाम दिइएको सो बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विभिन्न विषयहरुमा छलफल गर्दै सो बैठक टुंगिएको छ ।
बैठकममा नेपाल बेलायतको मित्रता र सहयोगको दुई शताब्दी, दुई देशबीचको सम्बन्ध, विकास सहयोग, गोरखा सैनिकका बारेमा, साँस्कृतिक सम्बन्ध, जनस्तरीय सम्बन्ध र शैक्षिक सहयोगका बारेमा दुई पक्षले छलफल गरेको बताइएको छ ।
राजनीतिक र आर्थिक विकासका साथै कोरोना भाइरसविरुद्ध लड्न दुई देशले खेलेको भूमिकाका बारेमा पनि चर्चा भएको छ । नेपाली टोलीले कोरोना भाइरसविरुद्ध लड्नमा बेलायतले गरेको सहयोगका लागि धन्यवाद दिएको छ । दुवै पक्ष आगामी दिनमा व्यापार, लगानी, उर्जा, पर्यटन तथा अन्य क्षेत्रमा सहयोगका क्षेत्रमा अझ निकट भएर सहकार्य गर्न राजी भएका छन् ।
यस्तै क्षेत्रीय र वैश्वीक विषयहरुमा पनि बैठकमा छलफल भएको छ । दुवै सरकारले बहुपक्षीय मञ्चहरुमा आफ्ना प्रतिवद्धता दोहोर्याएका छन् । जसमा जलवायु परिवर्तन र सगरमाथा सम्वाद लगायत छन् ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो