लण्डन । अग्ला डुंगा आउँदा-जाँदा माथि जाने र अरु बेला गाडी र मानिसहरु हिँड्ने मिल्ने लण्डनको पहिचान टाबर ब्रिजको सामुन्नेमा रहेको अण्डा आकारको घर । सिटीहल नाम दिइएको यो घरमा धेरैको यसमा ध्यान जान्थ्यो । त्यो थियो विश्वकै एक प्रसिद्ध शहर लण्डनको मेयरको कार्यालय । करिब १ हजार २०० कर्चमारीले काम गर्थे । तर अब यो मेयरको कार्यालय बिनाको बाटुलो घर मात्र रहने भएको छ ।
लण्डनका मेयर सादिक खानले अर्को वर्षको अन्त्यसम्म मात्र सो घरमा लण्डन मेयरको कार्यालय रहने निर्णय गरिसकेका छन् । खर्च कटौतीका लागि उनले लण्डन मेयरको कार्यालयलाई दक्षिण पूर्वी क्षेत्र रोयल डक्समा सार्ने निधोमा पुगेका छन् ।
मेयर खानका अनुसार मेयर कार्यालय अन्यत्र सार्दा आउने पाँच वर्षमा ६१ मिलियन पाउण्ड खर्च कटौती हुनेछ । कोरोनाका कारण आम्दानी कटौती भएपछि मेयरको कार्यालयले यसअघि नै बारुण यन्त्र, प्रहरी र सार्वजनिक सेवाका क्षेत्रमा ५०० मिलियन पाउण्ड भन्दा बढी राशी कटौती गर्नुपरेको छ ।
सिटी हल सन् २००२ मा ४३ मिलियन पाउण्डमा बनाइएको हो । यसको स्वामीत्व कुवेती नागरिकसित छ । जसमा रहेवापत लण्डन मेयर कार्यालयले वार्षिक ९.६ मिलियन पाउण्ड भाडा तिर्नुपर्थ्यो । घरधनीले लण्डन मेयरको कार्यालयलाई दुईपटकसम्म भाडा घटाएर अफर गरे पनि मेयर खानले अस्वीकार गरेको बताइएको छ ।
लण्डनको केन्द्रभागमा रहेको मेयरको कार्यालय नयाँ ठाउँमा सारिएपछि कर्मचारी र पाहुनाहरुलाई भने यातायातको असुविधाका कारण कष्ट हुने देखिन्छ । किनकि नयाँ सिटी हलमा पुग्न कस्टम हाउस र रोयल भिक्टोरिया दुवै स्टेशनबाट पैदल हिँड्नपर्ने हुन्छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने