लण्डन । अग्ला डुंगा आउँदा-जाँदा माथि जाने र अरु बेला गाडी र मानिसहरु हिँड्ने मिल्ने लण्डनको पहिचान टाबर ब्रिजको सामुन्नेमा रहेको अण्डा आकारको घर । सिटीहल नाम दिइएको यो घरमा धेरैको यसमा ध्यान जान्थ्यो । त्यो थियो विश्वकै एक प्रसिद्ध शहर लण्डनको मेयरको कार्यालय । करिब १ हजार २०० कर्चमारीले काम गर्थे । तर अब यो मेयरको कार्यालय बिनाको बाटुलो घर मात्र रहने भएको छ ।
लण्डनका मेयर सादिक खानले अर्को वर्षको अन्त्यसम्म मात्र सो घरमा लण्डन मेयरको कार्यालय रहने निर्णय गरिसकेका छन् । खर्च कटौतीका लागि उनले लण्डन मेयरको कार्यालयलाई दक्षिण पूर्वी क्षेत्र रोयल डक्समा सार्ने निधोमा पुगेका छन् ।
मेयर खानका अनुसार मेयर कार्यालय अन्यत्र सार्दा आउने पाँच वर्षमा ६१ मिलियन पाउण्ड खर्च कटौती हुनेछ । कोरोनाका कारण आम्दानी कटौती भएपछि मेयरको कार्यालयले यसअघि नै बारुण यन्त्र, प्रहरी र सार्वजनिक सेवाका क्षेत्रमा ५०० मिलियन पाउण्ड भन्दा बढी राशी कटौती गर्नुपरेको छ ।
सिटी हल सन् २००२ मा ४३ मिलियन पाउण्डमा बनाइएको हो । यसको स्वामीत्व कुवेती नागरिकसित छ । जसमा रहेवापत लण्डन मेयर कार्यालयले वार्षिक ९.६ मिलियन पाउण्ड भाडा तिर्नुपर्थ्यो । घरधनीले लण्डन मेयरको कार्यालयलाई दुईपटकसम्म भाडा घटाएर अफर गरे पनि मेयर खानले अस्वीकार गरेको बताइएको छ ।
लण्डनको केन्द्रभागमा रहेको मेयरको कार्यालय नयाँ ठाउँमा सारिएपछि कर्मचारी र पाहुनाहरुलाई भने यातायातको असुविधाका कारण कष्ट हुने देखिन्छ । किनकि नयाँ सिटी हलमा पुग्न कस्टम हाउस र रोयल भिक्टोरिया दुवै स्टेशनबाट पैदल हिँड्नपर्ने हुन्छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]