लण्डन । बुधबार भर्चुअल रुपमा हुन लागेको नेपाल-बेलायत परराष्ट्र सचिवस्तरीय वार्ता गोरखा भूतपूर्व सैनिकहरुको समस्याका बारेमा कुरा उठाउन गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले माग गरेको छ ।
गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वमा गएको गेसोको प्रतिनिधि टोलीले मङ्गलबार काठमाडौँमा परराष्ट्र सचिव भरतराज पौडेललाई भेटी गोरखा भूतपूर्व सैनिकहरुका थाँती रहेका समस्यका बारेमा जानकारी गराएका हुन् ।
भेटपछि गेसोद्वारा जारी विज्ञप्तिमा भर्चुअल बैठकमा गोरखाहरुको समस्याका बारेमा यसअघि गठित प्राविधिक समितिले तयार पारेको १३ बुँदे प्रतिवेदनका बारेमा कुरा उठाउन परराष्ट्र सचिवलाई स्मरण गराइएको बताइएको छ ।
सो भेटमा परराष्ट्र सचिवले अहिलेको सरकार गोरखाहरुको समस्याहरुबारे सजग रहेको र केही समय अघि परराष्ट्र मन्त्रीले बेलायत सरकारको प्रतिनिधि बेलायती राजदुतलाई गोरखाहरुको समस्या समाधानको लागी तयार १३ बुँदे प्रतिवेदन नै नेपाल सरकारको बटमलाइन भएको बताएको स्मरण गराएका थिए । गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायतको भ्रमणका बेला बेलायती समकक्षी प्रधानमन्त्री थेरेशा मे संगको भेटमा त्रिपक्षीय सन्धी पुनरावलोकनको कुरा उठाएको पनि परराष्ट्र सचिवले जानकारी गराएका थिए । परराष्ट्र सचिवले भोलि हुने भर्चुअल बैठकमा पनि गोरखासम्बन्धी यही कुरालाई नेपालको तर्फबाट जोडदार कुरा राख्ने जानकारी गराउनु भयो ।
गेसोले आफूहरुका तर्फबाट कुनै सहयोग चाहिएमा सहयोग गर्न तयार रहेको र भोलिको वार्ताको पूर्ण सफलताको कामना गरेका विज्ञप्तिमा बताइएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]