लण्डन । कोरोना भाइरसका विरुद्धमा फाइजर र बायोएनटेकको खोपले आशाजनक परिणाम देखाएको समाचार सार्वजनिक भएसँगै बेलायतमा सो खोप चाँडोमा क्रिसमससम्ममा दिन सकिने बताइएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य इङल्याण्डका उपप्रमुख प्रोफेसर जोनाथन भान टानले सो कुरा स्पष्ट गरेका हुन् ।
खोप बारेको समाचार सकारात्मक भए पनि धेरै प्रक्रियाहरु पूरा हुन बाँकी रहेको उल्लेख गर्दै उनले नियामक निकायले स्वीकृति दिएमा क्रिसमससम्ममा खोप दिने कार्य शुरु गर्न सकिने बताए । उनले खोप कसलाई पहिले दिने भन्ने बारेमा संयुक्त खोप समितिले यसअघि नै प्रस्तावित खाका बनाइसकेको र पाको उमेरलाई प्राथमिकता दिइने जानकारी दिए ।
प्रधानमन्त्री बोरिस जोनसनले भने खोपका बारेमा आएका समाचारलाई आधार मानेर उत्साहित नहुन आग्रह गरे । उनले बेलायतले सो खोपको ४ करोड डोज अर्डर गरिसकेको उल्लेख गर्दै बेलायतका लागि सो पर्याप्त हुने बताए । उनले खोपको सफलताको समाचार महत्वपूर्ण सफलता भन्दै अझै खोप लगाउने चरणमा पुग्न बाँकी नै रहेको स्मरण गराए । उनले यदि नियामक निकायबाट खोप लगाउन स्वीकृति पाएको अवस्थामा बेलायत तयार अवस्थामा रहेको पनि प्रष्ट पारे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा