लण्डन । कोरोना भाइरसका विरुद्धमा फाइजर र बायोएनटेकको खोपले आशाजनक परिणाम देखाएको समाचार सार्वजनिक भएसँगै बेलायतमा सो खोप चाँडोमा क्रिसमससम्ममा दिन सकिने बताइएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य इङल्याण्डका उपप्रमुख प्रोफेसर जोनाथन भान टानले सो कुरा स्पष्ट गरेका हुन् ।
खोप बारेको समाचार सकारात्मक भए पनि धेरै प्रक्रियाहरु पूरा हुन बाँकी रहेको उल्लेख गर्दै उनले नियामक निकायले स्वीकृति दिएमा क्रिसमससम्ममा खोप दिने कार्य शुरु गर्न सकिने बताए । उनले खोप कसलाई पहिले दिने भन्ने बारेमा संयुक्त खोप समितिले यसअघि नै प्रस्तावित खाका बनाइसकेको र पाको उमेरलाई प्राथमिकता दिइने जानकारी दिए ।
प्रधानमन्त्री बोरिस जोनसनले भने खोपका बारेमा आएका समाचारलाई आधार मानेर उत्साहित नहुन आग्रह गरे । उनले बेलायतले सो खोपको ४ करोड डोज अर्डर गरिसकेको उल्लेख गर्दै बेलायतका लागि सो पर्याप्त हुने बताए । उनले खोपको सफलताको समाचार महत्वपूर्ण सफलता भन्दै अझै खोप लगाउने चरणमा पुग्न बाँकी नै रहेको स्मरण गराए । उनले यदि नियामक निकायबाट खोप लगाउन स्वीकृति पाएको अवस्थामा बेलायत तयार अवस्थामा रहेको पनि प्रष्ट पारे ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]