लण्डन । कोरोना भाइरसविरुद्ध बनाइएको खोपले मानिसलाई सो भाइरसको संक्रमणबाट बचाउन सक्ने सम्भावना ९० प्रतिशतभन्दा बढी देखिएको छ ।
फाइजर र बायोएनटेकले विकास गरेको सो खोपको ४३ हजार ५०० मानिसमा गरिएको परीक्षणबाट सो परिणाम निस्किएको हो ।
खोप निर्माताहरुले यसलाई विज्ञान र मानवताका लागि महत्वपूर्ण दिनको संज्ञा दिएका छन् ।
खोप निर्माताहरुले यसै महिनाको अन्त्यमा सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाउन निवेदन दिने बीबीसीले बताएको छ ।
खोपको विकासमा संलग्न सयौँ कम्पनीहरुमध्ये अन्तिम चरणमा पुगी परिणाम सार्वजनिक गर्ने फाइजर र बायोएनटेक पहिलो भएको छ ।
सो खोपमा प्रतिरोधात्मक क्षमतालाई सक्रिय बनाउन भाइरसको वंशाणुगत कोड दिइन्छ । खोपमा तीन साताको अन्तरमा दुई मात्रा दिइन्छ । दोस्रो खोप दिइएको एक हप्तापछि नै मानिसहरु भाइरसबाट सुरक्षित रहने बताइएको छ ।
सो खोपको परीक्षण जर्मनी, अमेरिका, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको थियो । सो परीक्षणमा खोपको साइड इफेक्ट नदेखिएको र ९० प्रतिशतमा भाइरसबाट सुरक्षा प्रदान गरेको पाइएको थियो । तर सो सुरक्षा कति लामो समयसम्म रहन्छ भन्ने बारेमा भने बताइएको छैन ।
खोप निर्माता फाइजरले यसै वर्षको अन्त्यसम्ममा पाँच करोड डोज उत्पादन गर्न सकिने र सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब ३० करोड डोज उत्पादन गर्न सकिने बताएको छ ।
फाइजरका अध्यक्ष डा अल्बर्ट बोर्लाले विश्वभर फैलिएको स्वास्थ्य समस्यालाई अन्त्य गर्न र मानिसहरुलाई अति नै चाहिएको खोप उपलब्ध गराउन आफूहरु अत्यन्तै नजिक पुगेको बताए । बायोएनटेकका संस्थापक प्रोफेसर उगुर साहिनले परीक्षणको परिणामलाई अति महत्वपूर्ण भएको बताए ।
यद्यपि अहिले सार्वजनिक गरिएको परिणाम पूर्ण परिणाम नभएको र पूर्ण परिणाम परिवर्तन हुनसक्ने पनि बताइएको छ ।
बेलायतले सो खोपको ३ करोड डोज अर्डर गरिसकेको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा