लण्डन । सयुक्त राज्य बेलायतस्थित नेपाली राजदूतावासले शनिवार ‘नेपालको विकासका लागि बेलायतमा रहनु भएका विद्वानहरुको विचार र दृष्टिकोण’ बिषयक नेपाल विकास सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायत बीचको सम्बन्धलाई थप प्रवर्द्धन गर्न योगदान गरिरहेको बताएका हुन । उनले नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली को अभियान र संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
सम्मेलनमा बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीले नेपालको विकासका लागि आर्थिक कुटनीति सम्बन्धी आफ्नो प्रमुख मन्तव्य प्रस्तुत गरेका थिए । यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा. पदम सिम्खडाले नेपाली आप्रवासी कामदारको स्वास्थ तथा हितूका विषयमा कार्यपत्र प्रस्तुत गरे । अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा. कृष्णप्रसाद अधिकारीले ‘नेपालका सामुदायिक संघ संस्थाहरुका कार्य र त्यसको स्थानीय सरकारसँगको सम्बन्ध’का बारेमा कार्यपत्र प्रस्तुत गरे । सम्मेलनमा यूनिर्भसिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा. पुनम यादवले तथ्याङलाई लिङ्गको आधारमा छुट्याउन किन आवश्यक छ भन्ने विषयमा प्रस्तुति गरे ।
यसैगरी क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा. बच्चुकैलाश कैनीले ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास’ का बारेमा कार्यपत्र प्रस्तुत गरे । बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमा कार्यरत डा. बीरेन्द्र श्रेष्ठले ‘काठमाडौँको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभव’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा भास्कर अधिकारीले ‘नेपालको विकासमा बनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्व’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।
सम्मेलनमा बेलायतका दुई वटा प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्ड र हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई राजदूत डा. सुवेदीले अभिनन्दन गरे ।
राजदूत डा सुवेदीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रा. डा. सूर्यप्रसाद सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको संचालन राजदूतावासकी उपनियोग प्रमुख श्री रोशन खनालले गरेकी थिइन ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]