लण्डन । प्रवासी नेपाली एकता मंच यूकेले नेकपा भित्र देखिएको अन्तरविरोध प्रति चिन्ता प्रकट गरेको छ । गत शनिवार मंचको भर्चुअल बैठकमा पार्टी एकताको मूल भावना अनुसार नेकपा हिड्न नसकेको भन्दै चिन्ता प्रकट गरेको हो । अध्यक्ष राजेन्द्र पुडासैनिको अध्यक्षतामा बसेको बैठकले शिर्ष नेताहरुलाई विधि र विधान अनुसार सरकार र पार्टी चलाउन आग्रह सचिव सुरेश गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्ती
यही ६ नोभेम्बर २०२० मा प्रवासी नेपाली एकता मंच बेलायत कार्यसमितिको भर्चुअल बैठक अध्यक्ष कमरेड राजेन्द्र पुडासैनीको अध्यक्षतामा बसी समसामयिक बिषयमा छलफल गरी सम्पन्न भयो।
बैठकमा उपस्थित कमरेडहरुले हाल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)मा देखापरेको असमझदारी प्रति गम्भिर चिन्ता प्रकट गर्दै पार्टी एकताको मूल भावना र मर्म अनुसार पार्टी चल्न नसकेको र जनता तथा पार्टी शुभेच्छुकहरूको हितमा सरकारले ध्यान पुर्याउन नसकेको महसुस गरेको छ। नेकपा पार्टी जीवनमा आएका नकारात्मक खबरहरबले आम कार्यकर्ता र जनतालाई दुखी तुल्याएको छ ।
मुलुकको अत्याधिक जनसमर्थन प्राप्त गरेको पार्टी विधी र विधान अनुसार चल्न नसक्दा उत्पन्न हुने परिस्थितीले कार्यकर्तालाई र तमाम जनतालाई निरास पार्ने मात्र होईन पटक पटक जनताको बलिदानीबाट प्राप्त लोकतंत्रको मुल्य मान्यता र देशको बिकास निर्माण र समाज परिवर्तनको बाटो समेत अबरूध्द हुने भएकोले पार्टीका सबै तहका नेता-कार्यकर्ता सबैले पार्टी हितको लागि अनुसासन र बिधी बिधान अनुसार चल्नु पर्छ भन्नेमा समेत सबैको सहमति भयो। पार्टी फुटले कसैको भलो नहुने तथ्यलाई स्वीकार गर्दै गुटगत स्वार्थ भन्दा माथी उठेर पार्टीलाई अझ मजबुत र एक ढिक्का बनाउन पार्टी नेतृत्वलाई विशेष अनुरोध गर्ने निर्णय भयो ।
बैठकले पार्टीको घोषणा पत्रमा जनता सामु कबुल गरेका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित भई जनताका दैनिक जनजिवनका समस्याहरु समाधानका लागि सरकार तथा पार्टीवीच समन्वय गर्न आग्रह गरेको छ ।
यस बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसका नेता कार्यकर्ताहरू प्रति लक्षित अभिब्यक्तीहरू सामाजिक संजालमा नलेख्न र प्रचार प्रसारमा संलग्न नहुन पार्टीका संपूर्ण सदस्यहरू एबं शुभचिन्तक हरूलाई आग्रह गर्ने निर्णय गरेको छ। साथै, प्रवासमा रहेका संपूर्ण प्रवासी नेपाली एकता मंचहरू संग सल्लाह गरी पार्टीको बृहत एकता र नेता कार्यकर्ताहरूले पालना गर्नु पर्ने अनुशासन र कम्युनिस्ट पार्टीले प्राप्त गरेको ऐतिहासिक ज़िम्मेबारीबाट बिमुख हुन नदिने ठोस कार्यक्रम ल्याउन पार्टी केन्द्रलाई ध्यानाकर्षण समेत गर्ने निर्णय गर्यो।
साथै यस बैठकले; प्रवासी नेपाली एकता मंच बेलायत सदस्य कमरेड कपिल श्रेष्ठलगायत अन्य कोरोना संक्रमित नेपालीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै पूर्वसभामुख कृष्ण बहादुर महराकी श्रीमती सीता महरालगायत स्वदेश तथा विदेशमा यस महामारीबाट मृत्यु हुनेहरू प्रति प्रवासी नेपाली एकता मंच युके हार्दिक श्रद्धांजलीअर्पण गर्दछ ।
सुरेश गौतम
सचिव
प्रवासी नेपाली एकता मंच बेलायत
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त