लण्डन । गत साता मात्र इङल्याण्डमा ६ लाख १८ हजार मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोवर २४ देखि ३१ तारिखमा ६ लाख १८ हजार ७०० जनामा संक्रमण भएको बताइएको छ । कार्यालयका अनुसार हरेक ९० जनामा १ जना संक्रमित भएको पाइएको छ ।
यसअघि अक्टोबर १७ देखि २३ तारिखसम्मको अवधिमा ५ लाख ६८ हजार १०० मानिस संक्रमित भएका थिए ।
तर कार्यालयले विगतका साताहरुको तुलनामा संक्रमण उति सारो नबढेको बताएको छ ।
कार्यालयका अनुसार इङल्याण्डमा अहिले दैनिक ओैसत ५० हजार मानिस संक्रमित भएको बताएको छ । यसभन्दा अघिल्लो हप्तामा ५१ हजार ९०० नयाँ संक्रमित रहेकोमा सो संख्या ४५ हजार ७०० नयाँ संक्रमित भेटिएका छन् ।
कार्यालयको तथ्यांकमा समुदाय, निजी घरमा संक्रमितहरु समाविष्ट छन् भने अस्पताल, केअर होम र अरु संस्थामा रहेका संक्रमितको संख्या समावेश छैन ।
संक्रमितहरुमा उत्तर पश्चिम इङल्याण्डमा धेरै देखिएको छ कम संक्रमण दक्षिणपूर्वी, दक्षिण पश्चिमी र पूर्वी इङल्याण्डमा पाइएको छ ।
यस्तै, सबै उमेर समूहमा संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । तर सबैभन्दा बढी संक्रमण किशोर र युवाहरुमा देखिएको छ ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण