काठमाडौँ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको बुधबार नै बिदाइ गरेको थियो ।
ढाका जाने टोलीमा आठ नयाँ खेलाडी छन् । टोलीका केही महत्वपूर्ण खेलाडी भने कोरोना सङ्क्रमण देखिएपछि बङ्गलादेश गएका छैनन् । चोटका कारण नियमित खेलाडी रोहित चन्द पनि ढाका जान सकेनन् । नेपालले कात्तिक २८ र मङ्सिर २ गते बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा बङ्गलादेशसँग खेल्नेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बङ्गलादेशसँग खेलेको छैन । विसं २०७५ को भदौमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बङ्गलादेशलाई हराएको थियो ।
नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी