लण्डन । बेलायत सरकारको इङल्याण्ड र वेल्समा तीन वर्षमा २० हजार प्रहरी थप गर्ने योजनाको पहिलो वर्षमा उत्साहजनक प्रगति देखिएको छ ।
बेलायतको गृह मन्त्रालयका अनुसार गत एक वर्षमा ५ हजार ८२४ जना नयाँ प्रहरी थपिएका छन् ।
मन्त्रालयले सरकारको योजना गरेको समयभन्दा अगाडी नै लक्षीत प्रहरी भर्ती पूरा हुने विश्वास गरेको छ । २०२१ को मार्चसम्ममा थप ६ हजार प्रहरी भर्ना हुने मन्त्रालयले बताएको छ ।
नयाँ प्रहरीहरु अपराध नियन्त्रण गर्न र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको नियम कार्यान्वयन गर्न सक्रिय रहेको बताइएको छ । मन्त्रालयले अपराधको संख्यामा कमी आएको दाबी गरेको छ ।
गृह मन्त्री प्रीति पटेलले एक वर्षभित्रैमा ६ हजार जना नयाँ प्रहरी थप्न सफल भएकोमा खुशी व्यक्त गरेकी छिन् ।
तथ्यांकअनुसार इङल्याण्ड र वेल्सका विभिन्न ४३ वटा प्रहरी युनिटमा नोभेम्बर २०१९ देखि डिसेम्बर २०२० सम्ममा १२ हजार ६७५ प्रहरी थपिएका छन् । जसमध्ये ५ हजार ८२४ जना सरकारको योजनाअनुसार भर्ती भएका हुन् ।
अहिले इङल्याण्ड र वेल्समा १ लाख ३४ हजार ८८५ जना प्रहरी कार्यरत छन् ।
राष्ट्रिय प्रहरी प्रमुख परिषद्का अध्यक्ष मार्टिन हेविटले थप प्रहरी अधिकृतहरु थपिनु स्वागतयोग्य भएको बताए । तर प्रहरीको माग पूरा गर्न अझ धेरै गर्न बाँकी रहेको उनको टिप्पणी छ ।
प्रहरी कलेजका प्रमुख कार्यकारी अधिकृत माइक कनिङघमले असजिलो समयमा पनि नयाँ अधिकृतहरु भर्ती गर्नु सकारात्मक रहेको बताए ।
नयाँ भर्ती गरिएका अधिकृतहरुमा अफ्रिकी, एसिएन र जातीय अल्पसंख्यकको संख्या उत्साहजनक रहेको बताइएको छ ।
तथ्यांकअनुसार नयाँ थपिएकामध्ये ६२९ जना अफ्रिकी, एसिएन र जातीय अल्पसंख्यकका प्रहरी अधिकृत छन् । जुन १०.७ प्रतिशत हिस्सा हो । यससँगै प्रहरीभित्र अफ्रिकी, एसिएन र जातीय अल्पसंख्यकका प्रहरी अधिकृतको संख्या ९ हजार ८४२ पुगेको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]