लण्डन । बेलायत सरकारको इङल्याण्ड र वेल्समा तीन वर्षमा २० हजार प्रहरी थप गर्ने योजनाको पहिलो वर्षमा उत्साहजनक प्रगति देखिएको छ ।
बेलायतको गृह मन्त्रालयका अनुसार गत एक वर्षमा ५ हजार ८२४ जना नयाँ प्रहरी थपिएका छन् ।
मन्त्रालयले सरकारको योजना गरेको समयभन्दा अगाडी नै लक्षीत प्रहरी भर्ती पूरा हुने विश्वास गरेको छ । २०२१ को मार्चसम्ममा थप ६ हजार प्रहरी भर्ना हुने मन्त्रालयले बताएको छ ।
नयाँ प्रहरीहरु अपराध नियन्त्रण गर्न र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको नियम कार्यान्वयन गर्न सक्रिय रहेको बताइएको छ । मन्त्रालयले अपराधको संख्यामा कमी आएको दाबी गरेको छ ।
गृह मन्त्री प्रीति पटेलले एक वर्षभित्रैमा ६ हजार जना नयाँ प्रहरी थप्न सफल भएकोमा खुशी व्यक्त गरेकी छिन् ।
तथ्यांकअनुसार इङल्याण्ड र वेल्सका विभिन्न ४३ वटा प्रहरी युनिटमा नोभेम्बर २०१९ देखि डिसेम्बर २०२० सम्ममा १२ हजार ६७५ प्रहरी थपिएका छन् । जसमध्ये ५ हजार ८२४ जना सरकारको योजनाअनुसार भर्ती भएका हुन् ।
अहिले इङल्याण्ड र वेल्समा १ लाख ३४ हजार ८८५ जना प्रहरी कार्यरत छन् ।
राष्ट्रिय प्रहरी प्रमुख परिषद्का अध्यक्ष मार्टिन हेविटले थप प्रहरी अधिकृतहरु थपिनु स्वागतयोग्य भएको बताए । तर प्रहरीको माग पूरा गर्न अझ धेरै गर्न बाँकी रहेको उनको टिप्पणी छ ।
प्रहरी कलेजका प्रमुख कार्यकारी अधिकृत माइक कनिङघमले असजिलो समयमा पनि नयाँ अधिकृतहरु भर्ती गर्नु सकारात्मक रहेको बताए ।
नयाँ भर्ती गरिएका अधिकृतहरुमा अफ्रिकी, एसिएन र जातीय अल्पसंख्यकको संख्या उत्साहजनक रहेको बताइएको छ ।
तथ्यांकअनुसार नयाँ थपिएकामध्ये ६२९ जना अफ्रिकी, एसिएन र जातीय अल्पसंख्यकका प्रहरी अधिकृत छन् । जुन १०.७ प्रतिशत हिस्सा हो । यससँगै प्रहरीभित्र अफ्रिकी, एसिएन र जातीय अल्पसंख्यकका प्रहरी अधिकृतको संख्या ९ हजार ८४२ पुगेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने