लण्डन । कोरोना भाइरसको दोस्रो लहर आउन लागेको अवस्थामा बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने भएको छ ।
शाखाको बुधबार बसेको बैठकले नेप्लिज डक्टर्स एसोसिएसन युके, नेप्लिज नर्सेज एसोसिएसन युके र गैरआवासीय नेपाली संघ युकेको स्वास्थ्य समितिसंग मिलेर सो सम्वाद शुरु गर्ने निर्णय गरेको हो ।
नोभेम्बरको पहिलो सातादेखि कम्तीमा तीन महिना सञ्चालन हुने सो सम्वादमा सर्वसाधारणले बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुसंग आफ्ना जिज्ञासा राख्ने अवसर पाउने छन् । सो सम्वाद सञ्चालनका लागि शाखाले वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालको संयोजकत्वमा एक समिति बनाएको छ । समितिमा उपाध्यक्ष बिमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी र जगन कार्की रहेका छन् । अरु सदस्य आवश्यकताअनुसार संयोजकले थप गर्न सक्ने अधिकार दिइएको छ ।
यसैगरी, बैठकले शाखाका सदस्यहरुको वृत्तिविकासका लागि भर्चुअल तालिम लगायतका कार्यक्रम गर्न शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई संयोजक तोकेको छ ।
दुवै वृत्तिविकास तथा स्वास्थ्य सम्वाद समितिको सल्लाहकारमा वरिष्ठ पत्रकार भगिरथ योगी रहेका छन् ।
शाखाले नोभेम्बर २९ तारिखका दिन भर्चुअल साधारण सभा गर्ने निर्णय गरेको छ । सो साधारणसभाको संयोजनको जिम्मा उपाध्यक्ष बिमला सेनेलाई दिइएको छ ।
यसैगरी शाखाले स्थापना गरेको १ हजार पाउण्ड राशीको पत्रकारिता पुरस्कारको कार्यविधि बनाउन सचिव जगन कार्कीलाई जिम्मा दिइएको छ ।
बैठकले कोरोना संक्रमणका कारण ज्यान गुमाएका नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिव गोपाल सिवा र मध्यपूर्वका पत्रकार रोशन श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै एक शोक प्रस्ताव पनि पारित गरेको छ ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?