लण्डन । कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि युरोपियन मुलुकहरुमा लकडाउन शुरु भएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले बुधबार टेलिभिजनबाट सम्बोधन गर्दै फ्रान्समा राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गरेका छन् । उनले शुक्रबारदेखि लकडाउन लागू हुने र अत्यावश्यक कार्य र स्वास्थ्यसम्बन्धी काममा मात्र घरबाट बाहिर निस्कन पाइने बताएका छन् ।
उनले फ्रान्समा कोरोना संक्रमणको दोस्रो लहर आउन लागेको र दोस्रो लहर पहिलोभन्दा खतरनाक हुने बताएका छन् ।
उता जर्मनीमा पनि आउने सोमबारदेखि राष्ट्रव्यापी लकडाउन शुरु गरिएको छ । तर जर्मनीको लकडाउन फ्रान्सको जस्तो कडा भने छैन । जर्मनीमा रेस्टुराँ, बार, जिम, थियटरहरु बन्द गरिने बताइएको छ ।
फ्रान्सका राष्ट्रपति म्याक्रोले नयाँ नियमअनुसार घरबाट बाहिर निस्कनु पर्दा फाराम भर्नुपर्ने र घरबाट बाहिरिनुको चित्तबुझ्दो कारण हुनुपर्ने बताएका छन् । यससँगै सबै किसिमका जमघटहरु निषेध गरिएका छन् । तर सार्वजनिक सेवा लगायत कलकारखानाहरु भने सुचारु रहने उनले प्रष्ट पारेका छन् ।
उता जर्मनीमा भने नोभेम्बर २ देखि नोभेम्बर ३० सम्म लकडाउन गर्न चान्सलर एंगेला मर्केल र १६ वटा प्रान्तका प्रधानमन्त्रीहरु सहमत भएका छन् । लकडाउनमा विद्यालयहरु भने खुला रहने छन् । दुई घरका १० जनासम्म मात्र भेटघाट गर्न दिइने छ भने पर्यटकहरुलाई निषेध गरिएको छ ।
उता स्पेनमा भने २५ अक्टोबरदेखि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । स्पेनमा क्यानरी आइल्याण्डबाहेक अन्य सबै भागमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।
इटलीमा रेस्टुरेन्ट, बारहरु बेलुकी ६ बजे नै बन्द गर्नपर्ने नियम लगाइएको छ । जिम, पौडी पोखरी, थियटर र सिनेमाहरु बन्द गरिएका छन् भने विवाह, अन्त्येष्ठी जस्ता समारोह पनि निषेध गरिएको छ ।
फ्रान्स र जर्मनीभन्दा बढी मृत्यु संख्या भएको बेलायतमा भने अहिलेसम्म राष्ट्रव्यापी लकडाउन लगाउने कुरालाई सरकारले इन्कार गर्दै आएको छ । तर युकेभित्रकै उत्तरी आयरल्याण्ड र वेल्समा भने राष्ट्रव्यापी लकडाउन लागू भैसकेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा