बेलायत सरकारले बीएनओ राहदानीबाहकहरुलाई बेलायतमा बसाइ सराइ गर्न, काम गर्न र अध्ययन गर्न पाउने बताइएको छ । बीएनओहरुलाई उनीहरुको सीप र योग्यता र बेलायतको रोजगार सम्बन्धी कानुनअनुसार बेलायतका सबै क्षेत्रमा काम गर्ने अधिकार रहने छ । हङकङमा रहेका सबै बीएनओहरु, उनीहरुका हङकङमा परिवारले अब बेलायत आउन पाउने छन् ।
गृह मन्त्रालयले बीएनओहरुलाई बेलायत आउन कुनै अधिकतम संख्याको सीमा नरहेको प्रष्ट पारेको छ । यसरी बेलायत आउने बीएनओहरुले बेलायतको नागरिकता पाउने पनि बताइएको छ ।
चिनियाँ सरकारले हङकङमा सुरक्षा सम्बन्धी कानुन लागू गरेर चीन तथा बेलायतको संयुक्त घोषणा पत्र उल्लंघन गरेको आरोप लगाउँदै बेलायत सरकारले बीएनओ राहदानीबाहक हङकङबासीहरुलाई बेलायतमा आउन दिन निर्णय गरेको हो । यो निर्णयबाट हङकङमा रहेका नेपाली मूलका बासिन्दाहरु पनि लाभान्वीत हुने अपेक्षा गरिएको छ ।
हङकङस्थित ब्रिटिश कन्सुलर जनरल आन्ड्रयु हेनले बीएनओहरुलाई बेलायतको नागरिकता दिने सम्बन्धी तरिकाका बारेमा जानकारी प्रकाशन गरिएको बताएका छन् । चिनियाँ सरकारले राष्ट्रिय सुरक्षा कानुन हङकङमा लागू गरेर हङहङबासीको अधिकार र स्वतन्त्रता हनन गरेको उनले आरोप लगाए । बीएनओलाई बेलायतको नागरिकता दिने निर्णय बेलायतको हङकङप्रतिको प्रतिवद्धताको पाटो भएको उनले प्रष्ट पारे । उनले भने, ‘बेलायत बीएनओ र उनीहरुका परिवारलाई बेलायतमा स्वागत गर्न तयार छ ।’
बीएनओहरुलाई बेलायतकी भिसा आवेदन गर्ने शुल्क पनि घटाइएको छ । पाँच वर्षको भिसाका लागि प्रतिव्यक्ति २५० पाउण्ड लाग्नेछ । त्यस्तै ३० महिनाको भिसाका लागि जनही १८० पाउण्ड लाग्नेछ । यो शुल्क अन्य बाटोबाट बेलायत आउनेको तुलनामा सस्तो हो ।
तर बीएनओहरुले पनि बेलायतको स्वास्थ्य सेवा (एनएचएस) प्रयोगवापतको शुल्क भने तिर्नुपर्नेछ । साथै शुरुको छ महिना आफू र आफ्नो परिवार पाल्न सक्ने स्रोत पनि देखाउनु पर्नेछ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]