लण्डन । बेलायतले बेलायतमा आउन चाहने आप्रवासी कामदारहरुका लागि पूर्ववत् नियमलाई अझै लचिलो बनाएको छ ।
बेलायती गृह मन्त्रालयले पूर्व प्रकाशित व्यवस्थामा बिहीबार संशाेधन गर्दै ‘प्वाइन्ट वेस्ट सिस्टम’ बाट युके आउन चाहने कामदारहरुका लागि तोकिएको न्यूनतम तलवको थ्रेसहोल्ड ३० प्रतिशतले घटाएको छ । यसअघि वार्षिक तलवको थ्रेसहोल्ड ३५ हजार ८०० पाउण्ड तोकिएकोमा संशोधित व्यवस्थामा २५ हजार ६०० मा झारिएको छ ।
सरकारले लागू गर्न लागेको अष्ट्रेलियन खालको प्वाइन्टमा आधारित आप्रवासन नीतिअनुसार नम्बर पुगेका आप्रवासीहरुले अब २० हजार ४८० पाउण्ड वार्षिक तलबकै काममा पनि बेलायत प्रवेश गर्न पाउने छन् र त्यसको ६ वर्षमै बेलायतको नागरिकता आवेदन गर्न पाउने छन् ।
नयाँ नियम यही डिसेम्बर १ देखि लागू हुँदैछ ।
एमनेष्टी इन्टरन्याशल युकेले भने सरकारले परिवर्तन गरेको नियमले पहिल्यैदेखि फाइदा पाइरहेका वर्गलाई मात्र मद्दत पुग्ने प्रतिक्रिया दिएको छ । एमनेष्टीका शरणार्थी तथा आप्रवासी अधिकार सम्बन्धी कार्यक्रम अधिकृत स्टिभ भाल्डेज सिमोन्डसले भने, ”नयाँ व्यवस्थाले बेलायतको आप्रवासन प्रक्रियामा समानता ल्याउने बारेमा कुनै नयाँ सन्देश दिन सकेको छैन । महिला, पुरुष, बालबालिकाहरुको वर्ग र रंगलाई नहेरी दिइनुपर्ने अधिकार र सम्मानमा पनि नयाँपन दिन सकेको छैन ।”
उता, कडा आप्रवासन नीतिको पक्षधर माइग्रेसन वाचले भने नयाँ व्यवस्थाले ब्रिटिश कामदारहरुले पाउनुपर्ने सुविधा गुमाउने प्रतिक्रिया दिएको छ ।
बेलायत आउन चाहने कामदारका लागि सन् २०११ मा थेरेसा मे गृहमन्त्री भएको बेला ३५ हजार ६०० पाउण्ड वार्षिक तलबको थ्रेसहोल्ड तोकिएको थियो । बेलायत आउन चाहनेहरुलाई कडाइ गर्न त्यसो गरिएको थियो । तर त्यसयताका धेरै वर्ष बेलायतले आप्रवासीको संख्या घटाउन सकेन ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद