लण्डन । कोरोना भाइरसको महामारी चर्किएकै बेला बेलायतमा ठगहरुको सक्रियता पनि उत्तिकै देखिएको छ ।
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि कोभिड मार्शल नियुक्त गरेसँगै ठगहरुले नक्कली कोभिड मार्शल र स्वास्थ्य कार्यकर्ताको वेश धारण गरेर मानिसहरुको घरघरमा पुग्ने प्रयास गरिररहेको पाइएको छ ।
चार्टर्ड ट्रेडिङ स्ट्याण्डर्ड इन्स्टिच्यूट (सीटीएसआइ) का अनुसार कोभिड मार्शलहरुलाई सामाजिक दुरी कायम गराउने, जरिवाना गर्ने, निजी घरमा प्रवेश गर्ने अधिकार हुँदैन ।
उनका अनुसार ठगी गर्ने तरिकाहरु धेरै किसिमका छन् । कसैले फ्लुको खोप लगाइदिने बहानामा घरभित्र पस्न खोजेको पनि पाइएको उनको भनाइ छ । उनले सर्वसाधारणलाई यस्ता कुराहरु एकआपसमा फैलाउन र मानिसहरुलाई ठगिनबाट जोगिन अपील गरेकी छिन् ।
बेडफोर्डसायर प्रहरीले सेप्टेम्बर महिनामा दुई जना मानिसहरुले नक्कली कोभिड मार्शल बनेको पाइएको बारेमा अनुसन्धान गरिरहेको बताएको थियो । ती नक्कली कोभिड मार्शलहरुले आफूहरुलाई प्रहरीले कोरोना सम्बन्धी निर्देशनहरु पालना भए नभएको जाँच गर्न पठाएको भन्दै घरभित्र पस्न खोजेका थिए । उनीहरुले घरभित्र पस्न नदिएमा जरिवाना गर्ने धम्की पनि दिएका थिए ।
प्रहरीका अनुसार घरधनीले ती कोभिड मार्शल भनाउँदा व्यक्तिहरुलाई परिचय पत्र देखाउन आग्रह गरेका थिए । तर उनीहरुले परिचय पत्र देखाउन सकेनन् । घरधनीले प्रवेश नदिए पछि उनीहरु घरबाट फर्किएका थिए ।
बेडफोर्डसायर प्रहरीका लेस्ली जोन्सनले सो घटनाबाट घरधनी भयभीत भएको बताए । उनले सबैलाई आफ्नो सुरक्षामा सचेत रहन र ठगीको जोखिममा रहेका साथीहरु र आफन्तलाई पनि सजग बनाउन अनुरोध गरे ।
यसअघि नै कोरोना भाइरससँग सम्बन्धित ठगीबाट हजारौँ मानिस ठगिएको एक्सन फ्रड नामक संस्थाले जनाएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]