लकडाउनमा मानिसहरुले सीमित कार्यका लागि मात्र घरबाट बाहिर निस्कन पाउने छन् । जसमा खानेकुरा वा ओैषधि किन्न, कसैो स्याहार गर्न, व्यायाम गर्न, घरबाट गर्न नसकिने काममा जान मात्र घरबाट निस्कन पाइने छ ।
वेल्स सरकारको यो निर्णयबाट करिब ५०० मिलियन पाउण्ड बराबरको असर वेल्सको अर्थतन्त्रमा पर्ने अर्थशास्त्रीहरुको अनुमान छ ।
लकडाउनमा यदि नातिनातिनीलाई रेखदेख गर्न अरु मानिसहरु उपलब्ध नभएको अवस्थामा हजुरबा हजुरआमाले रेखदेख गर्न पाउने बताइएको छ । यसैगरी, अलग-अलग बसोबास गर्ने दुवै अभिभावकसित बस्न बच्चाहरुले पाउने छन् । यस्तै, केयर होमहरुमा विशेष अवस्थामा जस्तै अन्तिम विदाई जस्ता अवस्थामा भेट गर्न पाइने छ ।
लकडाउनकै बीचमा नोभेम्बर २ देखि प्राथमिक र विशेष विद्यालयहरु खुला हुने छन् । यस्तै, कक्षा ७ र ८ का विद्यार्थीहरु पनि विद्यालय जान पाउने छन् । परीक्षाहरु पनि नियमित संचालन हुने छन् तर विश्वविद्यालयका विद्यार्थीहरुलाई भने घर जान निषेध गरिएको छ ।
लकडाउनमा आफ्नो घरका बाहेक अरुसित भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ । घर भित्र, घरबाहिर, पार्कमा, बगैँचामा समेत भेटघाट गर्न रोक लगाइएको छ ।
एक्लै बस्नेहरुले अर्को एक घरका मानिससित भेट गर्न पाउने छन् तर यस्ता व्यक्तिले घर फेर्न भने पाउने छैनन् । यसमा कति नजिक वा टाढाको हुनुपर्ने भन्ने तोकिएको छैन ।
घरबाट कति पटक बाहिर निस्कन पाउने भन्ने बारेमा कुनै सीमा तोकिएको छैन । तर कसरत गर्दा, साइकल चलाउँदा अरुसित घुलमिल हुन पाइने छैन र व्यायामको शुरुवात घरबाटै हुनपर्नेछ ।
सरकारले अति आवश्यकीय बाहेक अन्य पसलहरुलाई बन्द गर्न निर्देशन दिएको छ । सुपरस्टोर, किराना पसल, ओैषधि पसल, बैँक, फ्युनेरल डाइरेक्टर, पोष्ट अफिस, डेन्टल सर्जरी, साइकल पसलहरु, मर्मतका सामान किन्ने पसलहरु, ट्याक्सी सेवा, पेट्रोल स्टेशन, ड्राइ क्लिनिङ सेवा लगायतलाई खोल्न दिइएको छ ।
यस्तै, हेयर सैलुन, ब्यूटी सैलुन, रेस्टुरेन्टहरु (टेकवे मात्र पाइने), पब, क्याफे, बार, गार्डेन सेन्टर, नाइट क्लब, होटल, बेड एण्ड ब्रेकफास्ट, सिनेमा, लाइब्रेरी, म्यूजियम, पर्यटकीय केन्द्रहरु, प्रार्थना गर्ने ठाउँहरु बन्द गरिएका छन् ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]