लण्डन । इङल्याण्डमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ ।
बेलायतका राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार जारी गरेको आँकडाअनुसार गतसाता (अक्टोवर १० देखि १६ सम्ममा) इङल्याण्डमा दैनिक ३५ हजार २०० जना संंक्रमित भएका थिए । त्यसभन्दा अघिल्लो साता प्रतिदिन २७ हजार ९०० जना संक्रमित भएका थिए ।
यो संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरै छ । सरकारले विहीबार २१ हजार २४२ जना संक्रमित भएको बताएको थियो ।
सो तथ्यांकअनुसार इङल्याण्डमा प्रति १३० जनामा १ जनालाई कोरोना संक्रमण भएको पाइएको छ । जबकि स्कटल्याण्ड र वेल्समा प्रति १८० जनामा १ जना उत्तरी आयरल्याण्ड प्रति १०० जनामा १ जना संक्रमित भएका छन् ।
कार्यालयका अनुसार सो अवधिमा इङल्याण्डमा ४ लाख ३३ हजार ३०० जना कोरोना संक्रमित भएका छन् ।
तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमण उत्तर पश्चिम र उत्तर पूर्वी इङल्याण्डमा भएको छ ।
कार्यालयले कोरोना संक्रमणको लक्षण भएका, नभएका घरधुरीबाट र्याण्डम स्याम्पल गरी सो सर्भे गरेको हो ।
कार्यालयले गत दुईसातामा कोरोना संक्रमण सबै उमेर समूहमा बढेको पाइएको उल्लेख गर्दै वयस्क र किशोरहरुमा धेरै उच्च संक्रमण भेटिएको बताएको छ ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर