लण्डन । इङल्याण्डमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ ।
बेलायतका राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार जारी गरेको आँकडाअनुसार गतसाता (अक्टोवर १० देखि १६ सम्ममा) इङल्याण्डमा दैनिक ३५ हजार २०० जना संंक्रमित भएका थिए । त्यसभन्दा अघिल्लो साता प्रतिदिन २७ हजार ९०० जना संक्रमित भएका थिए ।
यो संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरै छ । सरकारले विहीबार २१ हजार २४२ जना संक्रमित भएको बताएको थियो ।
सो तथ्यांकअनुसार इङल्याण्डमा प्रति १३० जनामा १ जनालाई कोरोना संक्रमण भएको पाइएको छ । जबकि स्कटल्याण्ड र वेल्समा प्रति १८० जनामा १ जना उत्तरी आयरल्याण्ड प्रति १०० जनामा १ जना संक्रमित भएका छन् ।
कार्यालयका अनुसार सो अवधिमा इङल्याण्डमा ४ लाख ३३ हजार ३०० जना कोरोना संक्रमित भएका छन् ।
तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमण उत्तर पश्चिम र उत्तर पूर्वी इङल्याण्डमा भएको छ ।
कार्यालयले कोरोना संक्रमणको लक्षण भएका, नभएका घरधुरीबाट र्याण्डम स्याम्पल गरी सो सर्भे गरेको हो ।
कार्यालयले गत दुईसातामा कोरोना संक्रमण सबै उमेर समूहमा बढेको पाइएको उल्लेख गर्दै वयस्क र किशोरहरुमा धेरै उच्च संक्रमण भेटिएको बताएको छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक