लण्डन । बेलायतमा घरको किनबेचमा २१ प्रतिशतले वृद्धि भएको छ ।
रोयटर्सका अनुसार सेप्टेम्बर महिनामा मात्र ९८ हजार १० वटा घरको किनबेच भएको थियो। जबकि अगष्टमा ८० हजार ७९० वटा घरको किनबेच भएको थियो । विश्लेषकहरुले बेलायतमा घरको किनबेच कोरोना महामारीभन्दा अघिको अवस्थामा पुग्न लागेको आँकलन गरेका छन् ।
गत वर्षको सेप्टेम्बर महिनाको बिक्रीको तुलनामा यस वर्षको बिक्री शुन्य दशमलव ७ प्रतिशत मात्र थोरै रहेको छ । जबकि बैँक अफ इङल्याण्डका अनुसार बेलायतको अर्थतन्त्र सेप्टेम्बरमा कोरोना पूर्वको अर्थतन्त्रभन्दा ९ प्रतिशतले सानो छ ।
घरको लगातारको माग र सरकारले करमा दिएको छुटका कारण घरको बिक्री बढेको अनुमान गरिएको छ ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले घरको बिक्री बढ्नाले सरसफाइ गर्नेहरु, घर सिँगार्नेहरु, मर्मत गर्नेहरु सबैले लाभ लिने बताएका छन् ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले अगष्ट महिनामा बेलायतमा घरको भाउ साढे २ प्रतिशतले वृद्धि भएको जनाएको छ । उता मोर्गेज प्रदायकहरुमध्ये एक हालिफ्याक्स बैँकले सेप्टेम्बर महिनामा ७.३ प्रतिशतले मोर्गेज आवेदन बढेको बताएको छ । उसले यो वृद्धि सन् २००६ यताकै भएको पनि जनाएको छ ।
घरको माग पहिले लण्डन क्षेत्रमा रहने गरेकोमा महामारीपछि लण्डन र शहरी क्षेत्रहरुभन्दा ग्रामीण र शहरभन्दा बाहिरी क्षेत्रमा सरेको बताइएको छ । घरैबाट काम गर्न सकिने भएकाले यस्तो भएको बताइएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’