लण्डन । गोरखा सैनिककी छोरी सेलिना राईले यस वर्षको प्रतिष्ठित आइसिई इन्टरन्याशनल इन्जिनियरिङ अवार्ड हात पारिन् ।
हाल लिड्समा बसोबास गर्ने राई योर्कसायर र हम्बर क्षेत्रबाट सो प्रतिस्पर्धामा प्रवेश गरेकी थिइन् । आफ्नो क्षेत्रका प्रतिस्पर्धीलाई पछि पार्दै उनले त्यस क्षेत्रको फाइनलमा जितेकी थिइन् । यसरी विश्वको विभिन्न क्षेत्रबाट छानिएका फाइनलिष्टहरुमध्येबाट उनीहरुको प्रस्तुति पढेर आईसिईको अन्तर्राष्टिय समितिले स्तरको फाइनलमा छनौट गर्ने गर्छ । यसरी विश्वभरबाट आएका प्रतिस्पर्धीहरुमध्येबाट फाइनलमा छानिएकी उनको फाइनलमा प्रतिस्पर्धा युकेका दुई र हङकङका एक युवा इन्जिनियरहरुसित भयो । उनको भुकम्प आउने क्षेत्रमा कंक्रिटको पर्खाललाई कसरी सुरक्षित राख्ने भन्ने बारेको अनुसन्धानले उनलाई यस वर्षको आइसिई इन्टरन्याशनल इन्जिनियरिङ अवार्ड दिलायाे ।
आईसिई (इन्स्टिच्यूट अफ सिभिल इन्जिनियर्स) नामक अन्तर्राष्टिय संस्थाले आयोजना गर्ने यस प्रतिस्पर्धामा इन्जिनियरिङका विश्वभरका विद्यार्थीहरु, इन्जिनियरिङमा विश्वविद्यालयका अध्ययन पूरा गरेकाहरु, प्रशिक्षार्थी प्राविधिकहरुले भाग लिने गर्दछन् । सिभिल इन्जिनियरिङका नयाँ सोचहरु, नयाँ अनुसन्धानहरु, परियोजनाका उत्कृष्ट नमूना अभ्यासहरु लिएर प्रतिस्पर्धीहरु यस अवार्डमा भाग लिन्छन् । राईले प्रतिष्ठित अवार्डसँगसँगै १ हजार ५०० पाउण्ड नगद पनि हात पारेकी छिन् ।
हाल ब्रुनाइमा रहेका टुआरजिआरका गोरखा सैनिकका जेठी छोरी राईले विद्यालय तथा कलेज अध्ययन बेलायतमै गरिन् । युनिभर्सिटी अफ सेफिल्डबाट इन्जिनियरिङमा मास्टर्स गरेपछि हाल उनी ‘अरप’ भन्ने संस्थाको लिड्समा रहेको शाखामा स्ट्रक्चरल इन्जिनियरका रुपमा काम गर्छिन् ।
उनको सन् २०२० को संकल्प थियो – बोल्ने कलालाई सुधार्ने। उनको यो योजनाका बारेमा उनका सहकर्मीहरुलाई पनि थाहा थियो । यस्तैमा एक दिन उनको एक सहकर्मीले उनलाई आईसिई इन्जिनियरिङ अवार्डका बारेमा सुनाए । सो प्रतिस्पर्धाले बोल्ने कला राम्रो बनाउन सघाउन सक्ने पनि बताए । राईलाई पनि लाग्यो किन कोसिस नगर्ने ?
अवार्ड पाएपछि उनले आफ्नो बोल्ने कलामा सुधार आएको महसुस गरेकी छिन् । साथसाथै अवार्डले आफ्नो पेशामा पनि सहयोग गर्नसक्ने उनको आशा छ । आफू कार्यरत संस्थामा पनि आफ्नो नाम अलि धेरैले चिन्ने भएको र सम्भावनाका अवसरहरु पनि आउन थालेको उनले बताइन् । ‘जर्नल आर्टिकल लेख्नका लागि प्रस्वाव आएको छ’ उनले भनिन् ।
बेलायतमा केही वर्षदेखि बस्दै आए पनि बेलायतको विभिन्न क्षेत्रको मूल प्रवाहमा नेपालीहरुको उपस्थिति उनले कम देखेकी छिन् । नेपालबाट आएकाले मानसिक रुपमा स्थानीयहरुसित प्रतिस्पर्धा गर्न नसकिएला कि भन्ने सोचाइलाई आफ्नो अवार्डले चिर्न सहयोग गर्ने उनको विश्वास छ । ”म मेरो भाइबहिनीहरुलाई सबै क्षेत्रमा प्रोत्साहन गर्न चाहन्छु । बेलायतको विभिन्न क्षेत्रमा नयाँ नेपाली पुस्ताको प्रतिनिधित्व बढोस् भन्ने सन्देश दिन चाहन्छु ।”
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने