लण्डन । अल्डरसटबाट शुक्रबार साँझदेखि एक नेपाली महिला सम्पर्कविहीन भएकी छिन् ।
ह्याम्पसायर प्रहरीका अनुसार ६५ वर्षीया देवी लिम्बु शुक्रबार साँझ ५ बजे अल्डरसटको क्वीन्स रोडमा हिँड्दै गरेको देखिएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहीन भएकी छिन् ।
प्रहरीले उनको सुरक्षाका बारेमा चासो व्यक्त गर्दै सर्वसाधारणलाई उनका बारेमा जानकारी दिन अनुरोध गरेको छ ।
करिब ५ फिट २ इन्च अग्ली लिम्बुको लामो कालो कपाल भएको र अगाडितिर फुलेको कपाल भएको बताइएको छ ।
पछिल्लोपटक उनलाई शरीरको माथिल्लो भागमा राताे कपडा लगाएको, सम्भवत रातो र कालो टिकटिक भएको पुरा बाहुला नभएको स्वेटरमाथि फ्लीस ज्याकेट लगाएको अवस्थामा देखिएको थियो । उनले रङ्गीचङ्गी लुङ्गी, रातो मोजा, कालो जुत्ता र पहेँले पटुका लगाएको पनि बताइएको छ ।
पछिल्लो समय देखिँइदा उनले नीलो प्लाष्टिकको झोला बोकेको अवस्थामा देखिएकी थिइन् ।
प्रहरीले उनका बारेमा जानकारी भएमा १०१ वा ९९९ मा फोन गरी २०२०१०१६-२२४८ रिफरेन्स उल्लेख गरी खबर गर्न अनुरोध गरेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा