लण्डन । बेलायतमा रहँदै आएकी गायिका सुमिता राईले आफ्नो डेब्यु एल्बम सगुनको गीत “वाचा बन्धन” को भिडियो भर्खरै सार्वजनिक गरेकी छिन् ।
गतवर्ष सार्वजनिक गरिएको उक्त एल्बममा समेटिएका ६ वटा गीतहरुमध्ये दोस्रो नम्बरमा रहेको यस गीतका गीतकार मुकेश राई हुन् भने लय मन थुलुङ् र संगीत संयोजन हरि लम्सालले गरेका हुन् । प्रेम वियोगको गीत भएतापनि भिडियोले अहिलेको कठिन परिस्थितिमा भएका कतिपय घटनाक्रमलाई पृथक ढंगले प्रस्तुत गरिएको बताउंँछन् यस भिडियो निर्देशक एवं क्यामेरामेन भुपेन्द्र तुम्बाहाम्फे लिम्बु ।
गीत र भिडियोले छुट्टै मिठास र सन्देश बोकेर आएको यस म्युजिक भिडियोमा अहिलेका मेरो अनलाईन टिभीका चर्चित भिजे एवं पत्रकार विश्व लिम्बु, अहिले उदियमान कलाकारद्वय मलाईका बस्नेत र सुजता थुलुङ् राईको अभिनय देख्न सकिने छ । गीतमा कोरियोग्राफ स्वयं भुपेन्द्र तुम्बाहाम्फे लिम्बुले गरेका छन् भने मेक अफ आर्टिस्ट बिमल तामाङ र भिडियो सम्पादन अनिल रानाले गरेका छन् । यस म्युजिक भिडियो उनले आफ्नै युट्युब च्यानलबाट गरेकी छिन् ।
पुर्ख्यौली घर खोटाङ, बाक्सिला रहेकी सुमिता राई हाल श्रीमान खरुन राई अनि दुई छोरी नयना र सगुनसँग बेलायतको ननिटनमा बसोबास गर्छिन् । सानैदेखि नृत्य र गायनमा रुचि राख्ने सुमिताले प्रवासमा रहेर पनि आफ्नो कलामार्फत नेपाली गीत संगीतलाई माया गरेकी छिन् ।
देशबाहिर रहनुको बाध्यताले आफूले चाहेर पनि संगीत शिक्षा अधुरै छोडनु परेको पिडा अनि प्रवास आएपछि चाहे जति रियाज र अभ्यास गर्न नसकिएको दुखेसो पोख्छिन् । यद्यपि फुर्सदको समयलाई यही आफ्नो रुचिलाई तन्मयका साथ अगाडी बढाइरहेकी उनको सृर्जनाहरुका मूल्याकंन कुनै दिन अवश्यै नै होला ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी