लण्डन । बेलायतमा रहँदै आएकी गायिका सुमिता राईले आफ्नो डेब्यु एल्बम सगुनको गीत “वाचा बन्धन” को भिडियो भर्खरै सार्वजनिक गरेकी छिन् ।
गतवर्ष सार्वजनिक गरिएको उक्त एल्बममा समेटिएका ६ वटा गीतहरुमध्ये दोस्रो नम्बरमा रहेको यस गीतका गीतकार मुकेश राई हुन् भने लय मन थुलुङ् र संगीत संयोजन हरि लम्सालले गरेका हुन् । प्रेम वियोगको गीत भएतापनि भिडियोले अहिलेको कठिन परिस्थितिमा भएका कतिपय घटनाक्रमलाई पृथक ढंगले प्रस्तुत गरिएको बताउंँछन् यस भिडियो निर्देशक एवं क्यामेरामेन भुपेन्द्र तुम्बाहाम्फे लिम्बु ।
गीत र भिडियोले छुट्टै मिठास र सन्देश बोकेर आएको यस म्युजिक भिडियोमा अहिलेका मेरो अनलाईन टिभीका चर्चित भिजे एवं पत्रकार विश्व लिम्बु, अहिले उदियमान कलाकारद्वय मलाईका बस्नेत र सुजता थुलुङ् राईको अभिनय देख्न सकिने छ । गीतमा कोरियोग्राफ स्वयं भुपेन्द्र तुम्बाहाम्फे लिम्बुले गरेका छन् भने मेक अफ आर्टिस्ट बिमल तामाङ र भिडियो सम्पादन अनिल रानाले गरेका छन् । यस म्युजिक भिडियो उनले आफ्नै युट्युब च्यानलबाट गरेकी छिन् ।
पुर्ख्यौली घर खोटाङ, बाक्सिला रहेकी सुमिता राई हाल श्रीमान खरुन राई अनि दुई छोरी नयना र सगुनसँग बेलायतको ननिटनमा बसोबास गर्छिन् । सानैदेखि नृत्य र गायनमा रुचि राख्ने सुमिताले प्रवासमा रहेर पनि आफ्नो कलामार्फत नेपाली गीत संगीतलाई माया गरेकी छिन् ।
देशबाहिर रहनुको बाध्यताले आफूले चाहेर पनि संगीत शिक्षा अधुरै छोडनु परेको पिडा अनि प्रवास आएपछि चाहे जति रियाज र अभ्यास गर्न नसकिएको दुखेसो पोख्छिन् । यद्यपि फुर्सदको समयलाई यही आफ्नो रुचिलाई तन्मयका साथ अगाडी बढाइरहेकी उनको सृर्जनाहरुका मूल्याकंन कुनै दिन अवश्यै नै होला ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै