लण्डन । बेलायतमा रहेका नेपाली समुदायका संघ संस्थामध्ये एक प्रमुख संस्था तमु धिं युकेको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भएको छ ।
नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिले निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गरेसँगै सो प्रक्रिया शुरु भएको हो । समितिले प्रकाशन गरेको सूचनाअनुसार मतदाता नामावली प्रकाशन १२ नोभेम्बर २०२० दिउँसो ४ बजे, मतदाता नामावली दावीमाथि विरोध १३ नोभेम्बर २०२० दिउँसो १ बजे, अन्तिम मतदाता नामवली प्रकाशन १३ नोभेम्बर २०२० साँझ ५ बजे हुनेछ ।
यसैगरी, उम्मेदवारी मनोनयन पत्र दर्ता १४ नोभेम्बर २०२० बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म, उम्मेदवारीमाथि दावी विरोध १४ नोभेम्बर २०२० साँझ ४.३० देखि ६.३० बजेसम्म र उम्मेदवारी मनोनयन पत्रको नामावली प्रकाशन १४ नोभेम्बर २०२० बेलुकी ७ बजे हुनेछ। उम्मेदवारी मनोनयन नामावलीमाथि दावी विरोध १४ नोभेम्बर २०२० बेलुकी ७.३० बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता १४ नोभेम्बर २०२० बेलुकी ८ बजेसम्म र अन्तिम उम्मेदवारी नामावली प्रकाशन १४ नोभेम्बर २०२० बेलुकी ८ बजेदेखि ९ बजेसम्म हुनेछ।
यदि सर्वसम्मतिले नेतृत्व चयन नभएको अवस्थामा पाेष्टल मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्वको घोषणा २१ नोभेम्बर २०२० मा हुने साधारणसभामा घोषणा गरिने छ ।
नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क २५० पाउण्ड, तीन उपाध्यक्षका लागि १७५ पाउण्ड र महासचिव तथा अन्य पदाधिकारीहरुका लागि १०० पाउण्ड तोकिएको छ भने कार्यसमिति सदस्य पदका लागि १० पाउण्ड उम्मेदवारी शुल्क तोकिएको छ ।
तमुधिँ युकेले निर्वाचन सम्पन्न गर्न एकेन्द्र गुरुङको संयोजकत्वमा पत्रकार हरि कुमार (काजी) गुरूङ र मेजर कृष्णबहादुर गुरुङ रहेको निर्वाचन समिति गठन गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने