लण्डन । बेलायतमा रहेका नेपाली समुदायका संघ संस्थामध्ये एक प्रमुख संस्था तमु धिं युकेको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भएको छ ।
नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिले निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गरेसँगै सो प्रक्रिया शुरु भएको हो । समितिले प्रकाशन गरेको सूचनाअनुसार मतदाता नामावली प्रकाशन १२ नोभेम्बर २०२० दिउँसो ४ बजे, मतदाता नामावली दावीमाथि विरोध १३ नोभेम्बर २०२० दिउँसो १ बजे, अन्तिम मतदाता नामवली प्रकाशन १३ नोभेम्बर २०२० साँझ ५ बजे हुनेछ ।
यसैगरी, उम्मेदवारी मनोनयन पत्र दर्ता १४ नोभेम्बर २०२० बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म, उम्मेदवारीमाथि दावी विरोध १४ नोभेम्बर २०२० साँझ ४.३० देखि ६.३० बजेसम्म र उम्मेदवारी मनोनयन पत्रको नामावली प्रकाशन १४ नोभेम्बर २०२० बेलुकी ७ बजे हुनेछ। उम्मेदवारी मनोनयन नामावलीमाथि दावी विरोध १४ नोभेम्बर २०२० बेलुकी ७.३० बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता १४ नोभेम्बर २०२० बेलुकी ८ बजेसम्म र अन्तिम उम्मेदवारी नामावली प्रकाशन १४ नोभेम्बर २०२० बेलुकी ८ बजेदेखि ९ बजेसम्म हुनेछ।
यदि सर्वसम्मतिले नेतृत्व चयन नभएको अवस्थामा पाेष्टल मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्वको घोषणा २१ नोभेम्बर २०२० मा हुने साधारणसभामा घोषणा गरिने छ ।
नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क २५० पाउण्ड, तीन उपाध्यक्षका लागि १७५ पाउण्ड र महासचिव तथा अन्य पदाधिकारीहरुका लागि १०० पाउण्ड तोकिएको छ भने कार्यसमिति सदस्य पदका लागि १० पाउण्ड उम्मेदवारी शुल्क तोकिएको छ ।
तमुधिँ युकेले निर्वाचन सम्पन्न गर्न एकेन्द्र गुरुङको संयोजकत्वमा पत्रकार हरि कुमार (काजी) गुरूङ र मेजर कृष्णबहादुर गुरुङ रहेको निर्वाचन समिति गठन गरेको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]