लण्डन । बेलायत सरकारले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा राख्न इङ्ल्याण्डमा तीन चरणको सतर्कता प्रणालीको घोषणा गरेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक असरलगायतलाई ध्यान दिँदै तीन चरणको सतर्कता प्रणालीको अवधारणा ल्याइएको बताए ।
आज बेलायती संसदमा घोषित सो प्रणालीअनुसार कोरोनाको सतर्कता तह मध्यम, उच्च र उति उच्च गरी तीन तहको हुनेछ । स्थानीय स्तरको संक्रमणलाई हेरी तीन चरणमा विभाजन गरिने छ ।
मध्यम स्तरको सतर्कतामा देशका धेरै भूभाग समेट्छन् । अहिले लागू गरिएको कोरोना नियन्त्रणका लागि अपनाइएका उपायहरु छ जनामात्र भेला हुन पाउने नियम र १० बजेपछि पव, रेस्टुरेन्टहरु बन्द गर्नपर्ने निर्देशनहरु सोहीअन्तर्गत पर्नेछन् ।
उच्च तहको सतर्कताअन्तर्गत मानिसहरुलाई अन्य घरको मानिसहरुसित घरभित्र भेटघाट हुन पाइने छैन । ती क्षेत्रमा अहिले नै स्थानीय लकडाउन लागू गरिएका छन् । म्यानचेष्टर, बर्मिङघम लगायतका क्षेत्र यस भित्र पर्नेछन् ।
अति उच्च तहको सतर्कताभित्र मानिसहरुलाई आफ्नो घरभित्र र बाहिर पनि अन्य घरका मानिसहरुसित भेटघाट गर्न मनाही गरिएको छ । यस क्षेत्रमा बाहिरबाट मानिसहरुलाई जान निषेध गरिने छ । यस्तै लिजर सेन्टरहरु, क्यासिनोहरु र जिमहरु सो क्षेत्रमा पनि बन्द रहनेछन् । तथापि पसलहरु, विद्यालयहरु र विश्वविद्यालयहरु भने खुल्ला रहने छन् ।
प्रधानमन्त्री जोन्सनले यसबारेमा आज बेलुकी ७ बजे टेलिभिजनमार्फत सम्बोधन गर्ने बताइएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]