काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका ५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको पाँच कठ्ठा १५ धुर जग्गा किर्ते कागज बनाई विक्री भएको खुलासा भएको छ । उक्त जग्गाको मूल्य झण्डै रु ५० करोड रहेको जनाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार ति व्यक्तिले आफ्नो नागरिकता समेत नक्क्ली बनाई किर्ते कागजातका आधारमा अर्काको जग्गा हाता पारेर तेस्रो व्यक्तिलाई बिक्री गरेको पाईएको हो । सो किर्ते काममा ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबरा रहेको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार उनले मुकेश राजभण्डारी नामको नक्कली नागरिकता बनाएर किर्ते गरेको खुल्न आएको छ । मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतोमा जग्गा धनी तथा निजको हकवाला समेतको हक मारी अर्काको जग्गा किर्ते कागजात बनाई गत फागुन १९ गते आफ्नो नाममा पास गरेका थिए । त्यसपछि उक्त जग्गा पर्सा कै गिरधारी लाल अग्रवाललाई बिक्री गरी रु ५० लाख बैना लिएको फेला परेको छ । त्यसपछि घटना बाहिर आएको हो ।
स्थानीय राजीव राजभण्डारीले लिखत र ठगी सम्बन्धी मुद्दामा जाहेरी दरखास्त दिएपछि व्यूरोले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा ललितपुर महानगरपालिका १३, कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबराले आफ्नो नाम मुकेशराज भण्डारी राखेर किर्ते गरेको पाइएको हो । उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट किर्ते नागरिकता समेत बनाएको पाइएको छ ।
खोजीका क्रममा उनलाई काठमाडौँको रातोपुलस्थित डेराबाट आइतबार पक्राउ गरिएको र आज आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको व्यूरोका प्रमुख थापाले जानकारी दिनुभयो । प्रहरीले यसअघि पनि उनलाई विभिन्न कसुरमा मुद्दा चलाएको जनाइएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो