शनिबार, माघ ३ २०७७ | Sat, January 16, 2021
नेपालको समय: ००:२४ | UK Time: 18:39

नेपाली दुताबास लण्डनमा ‘चलचित्र महोत्सव’

वीनेपाली
२०७७ असोज २१ गते १८:२९

लण्डन । नेपाली राजदूतावास लण्डनले बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित नेपाली चलचित्र महोत्सवको आयोजना गरेको छ ।

हिजो दुताबासमा सो कार्यक्रममा बेलायतमा रहेका निर्देशक कुशल श्रेष्ठद्वारा निर्देशित “दुख्ने मुटु” र “अधर” नामक दुई वटा म्युजिक भिडियोहरु तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित “शून्य” नामक लघु चलचित्रको संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीबाट लोकार्पण भएको थियो।

बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक यस चलचित्र महोत्सवको आयोजना गरिएको दुताबासले जनाएको छ ।

उक्त महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरुलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुति गरिएको थियो । साथै बेलायतमा रहेका प्रसिद्ध नाटक तथा चलचित्र निर्देशक तथा कलाकार सनमकुमार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास  र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

बेलायतमा रहेर नेपाली चलचित्र, नाटक, कला तथा संगीतको विकास, प्रचारप्रसार तथा लोकप्रियता अभिवृद्धिमा योगदान पुर्याउनुहुने निर्माता, निर्देशक तथा कलाकारहरुलाई महामहिम राजदूतले सम्मान गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक