

गैरआवासीय नेपाली संघ पोर्चुगलको मिति ५ अक्टोबर २०२० को दिन बसेको कार्यसमिति बैठकले गरेको निर्णयहरुको जानकारी प्राप्त भएको छ ।
संघका निर्णयका बारेमा आज एनआरएनए पोर्चुगलले एक वक्तव्य जारी गरी सार्वजनिक गरेको छ ।
हेर्नुहोस् वक्तव्य जस्ताको तस्तै :
गैरआवासीय नेपाली संघ पोर्चुगलको विज्ञप्ति
गत २१ सेप्टेम्बर २०२० का दिन लिस्बनको आरोइस स्थित एक नेपालीको पसलमा एनआरएनए पोर्चुगलका उपाध्यक्ष अशोक गुरुङ र महासचिव हेमराज सुवेदीबीच छलफल हुँदै गर्दा हातपात र कुटपिट भएको भन्ने घटनामा महासचिव हेमराज सुवेदीले २२ सेप्टेम्बर २०२० का दिन एनआरएनए पोर्चुगल कार्यालयमा दिएको निवेदन र सोही महिनाको २४ तारिख उक्त घटना सम्बन्धमा उपाध्यक्ष अशोक गुरुङले दिएको अर्को निवेदनलाई आवश्यक छानबिन र सिफारिसका लागि अनुशासन समितिमा पठाइएकोमा मिति २ अक्टोबर २०२० का दिन अनुशासन समितिले दुवै पक्षलाई राखी छलफल गराइ आपसी रूपमा समझदारी गराएको जानकारी पत्र एनआरएनए पोर्चुगलको कार्यसमितिमा आएको र आवश्यक निर्णय गर्न आग्रह गरेको सन्दर्भमा अब उप्रान्त यस्ता गतिविधि र क्रियाकलाप नगर्ने र गरेमा एनआरएनए पोर्चुगलका कुनै पनि कामकारबाहीमा र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्ने शर्तमा संघको मिति ५ अक्टोबर २०२० का दिन बसेको बैठकबाट संघको अघिल्लो निर्णय र सेप्टेम्बर २४ तारिखको र अक्टोबर १ तारिखको वक्तव्यबाट गतिविधि र कामकारबाहीमा रोक लागाइएकोबाट उपाध्यक्ष र महासचिव दुवैलाई फुकुवा गरिएको निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी गराउँदछौं ।
संघको अनुशासन सम्बन्धी निर्णय :
एनआरएनए पोर्चुगलको कार्यसमितिमा अनुशासन पालना सम्बन्धी विभिन्न समस्याहरु देखा परेको र सो कारणबाट संघको गरिमा र प्रतिष्ठा मै गम्भीर आघात पुग्ने देखिएकोले केही विशेष निर्णयहरु गरिएको छ ।
क) अब उप्रान्त एनआरएनए पोर्चुगलका कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यले विधान विपरीत कुनै पनि क्रियाकलाप वा गतिविधि गरेको प्रमाणित भएमा निजको कार्यकाल भरि एनआरएनए पोर्चुगलको कामकारबाहीमा र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्नेछ ।
ख) कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यले संघको निर्णय, मर्यादा वा गरिमामा आघात पुग्ने गरि सामाजिक संजालहरु वा ग्रुपहरुमा लेखे वा अभिव्यक्त दिए निजको कार्यकाल भरि एनआरएनए पोर्चुगलको कामकारबाहीमा र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्नेछ ।
ग) कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्य कुनै खालको झैंझगडा, अबैध गतिविधि, अनैतिक आचरण र आर्थिक अपचलनमा संलग्न भएको पाइए वा प्रमाणित भएमा निजको कार्यकाल भरि एनआरएनए पोर्चुगलको सम्पुर्ण कामकारबाही र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्नेछ ।
७ अक्टोबर २०२०
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]