

गैरआवासीय नेपाली संघ पोर्चुगलको मिति ५ अक्टोबर २०२० को दिन बसेको कार्यसमिति बैठकले गरेको निर्णयहरुको जानकारी प्राप्त भएको छ ।
संघका निर्णयका बारेमा आज एनआरएनए पोर्चुगलले एक वक्तव्य जारी गरी सार्वजनिक गरेको छ ।
हेर्नुहोस् वक्तव्य जस्ताको तस्तै :
गैरआवासीय नेपाली संघ पोर्चुगलको विज्ञप्ति
गत २१ सेप्टेम्बर २०२० का दिन लिस्बनको आरोइस स्थित एक नेपालीको पसलमा एनआरएनए पोर्चुगलका उपाध्यक्ष अशोक गुरुङ र महासचिव हेमराज सुवेदीबीच छलफल हुँदै गर्दा हातपात र कुटपिट भएको भन्ने घटनामा महासचिव हेमराज सुवेदीले २२ सेप्टेम्बर २०२० का दिन एनआरएनए पोर्चुगल कार्यालयमा दिएको निवेदन र सोही महिनाको २४ तारिख उक्त घटना सम्बन्धमा उपाध्यक्ष अशोक गुरुङले दिएको अर्को निवेदनलाई आवश्यक छानबिन र सिफारिसका लागि अनुशासन समितिमा पठाइएकोमा मिति २ अक्टोबर २०२० का दिन अनुशासन समितिले दुवै पक्षलाई राखी छलफल गराइ आपसी रूपमा समझदारी गराएको जानकारी पत्र एनआरएनए पोर्चुगलको कार्यसमितिमा आएको र आवश्यक निर्णय गर्न आग्रह गरेको सन्दर्भमा अब उप्रान्त यस्ता गतिविधि र क्रियाकलाप नगर्ने र गरेमा एनआरएनए पोर्चुगलका कुनै पनि कामकारबाहीमा र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्ने शर्तमा संघको मिति ५ अक्टोबर २०२० का दिन बसेको बैठकबाट संघको अघिल्लो निर्णय र सेप्टेम्बर २४ तारिखको र अक्टोबर १ तारिखको वक्तव्यबाट गतिविधि र कामकारबाहीमा रोक लागाइएकोबाट उपाध्यक्ष र महासचिव दुवैलाई फुकुवा गरिएको निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी गराउँदछौं ।
संघको अनुशासन सम्बन्धी निर्णय :
एनआरएनए पोर्चुगलको कार्यसमितिमा अनुशासन पालना सम्बन्धी विभिन्न समस्याहरु देखा परेको र सो कारणबाट संघको गरिमा र प्रतिष्ठा मै गम्भीर आघात पुग्ने देखिएकोले केही विशेष निर्णयहरु गरिएको छ ।
क) अब उप्रान्त एनआरएनए पोर्चुगलका कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यले विधान विपरीत कुनै पनि क्रियाकलाप वा गतिविधि गरेको प्रमाणित भएमा निजको कार्यकाल भरि एनआरएनए पोर्चुगलको कामकारबाहीमा र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्नेछ ।
ख) कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यले संघको निर्णय, मर्यादा वा गरिमामा आघात पुग्ने गरि सामाजिक संजालहरु वा ग्रुपहरुमा लेखे वा अभिव्यक्त दिए निजको कार्यकाल भरि एनआरएनए पोर्चुगलको कामकारबाहीमा र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्नेछ ।
ग) कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्य कुनै खालको झैंझगडा, अबैध गतिविधि, अनैतिक आचरण र आर्थिक अपचलनमा संलग्न भएको पाइए वा प्रमाणित भएमा निजको कार्यकाल भरि एनआरएनए पोर्चुगलको सम्पुर्ण कामकारबाही र गतिविधिमा स्वत: प्रतिबन्धित भइ रोक लाग्नेछ ।
७ अक्टोबर २०२०
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग