काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५५१ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ९० हजार ८१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ४७ नमूना परीक्षण गर्दा मुलुकभर एक हजार ४२ पुरुष र ५०९ महिलामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्ला दिनमा काठमाडौँमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ गरी उपत्यकामा मात्र एक हजार १७ सङ्क्रमित थपिएका छन् । रुपन्देहीमा ९६, चितवनमा ८१, बाँके र दाङमा ३४/३४, मोरङमा २७, काभ्रेपलाञ्चोकमा २४, कैलाली र गोरखामा २०/२०, सुनसरीमा १९, महोत्तरीमा १५, नवलपरासी पूर्वमा १३, धनुषामा १२, कालिकोट र सिरहामा १०/१० सङ्क्रमित फेला परेका छन् ।
यसैगरी, नवलपरासीमा नौ, सर्लाहीमा सात, प्यूठान, मकवानपुर र रौटहटमा छ/छ, बैतडी, स्याङ्जा, धादिङ र नुवाकोटमा पाँच/पाँच, पाल्पा र झापामा चार/चार, उदयपुरमा तीन, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, रामेछाप, पर्सा, बारा, सप्तरी, इलाम र धनकुटामा दुई/दुई, डडेल्धुरा, डोटी, बझाङ, बर्दिया, रोल्पा, म्याग्दी, लमजुङ, बाग्लुङ, तनहुँ, दोलखा, खोटाङ र ताप्लेजुङमा एक/एक सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा कुल दुई हजार ३४० जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म ६७ हजार ५४२ जनाले कोरोनालाई जितेका छन् । कोरोना मुक्त भई डिस्चार्ज हुनेको प्रतिशत ७४्३ पुगेको छ ।
मुलुकभर हाल २२ हजार ७०९ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १३ हजार ५९१ होम आइसोलेसन र नौ हजार ११८ संस्थागत आइसोलेनसमा छन् । चार हजार २२१ जना क्वारेन्टिनमा छन् ।
हालसम्म १० लाख ९९ हजार २६७ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । २४३ सङ्क्रमितको आइसियू र ४० सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेका छ ।
सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम पूर्व र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् ।
नौको मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सङ्क्रमणबाट चार महिला र पाँच पुरुष गरी नौ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा एक, काठमाडौँमा दुई, ललितपुरमा तीन र चितवनमा एक जना ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ५९ देखि ७७ वर्ष उमेर समूहका छन् ।
यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुगेको छ । कुल सङ्क्रमितमध्ये ०.६२ प्रतिशतको ज्यान गएको मन्त्रालयले जनाएको छ । विश्वभर तीन करोड ५७ लाख २८ हजार २१९ जना कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये १० लाख ४६ हजार ४१९ को ज्यान गएको छ भने दुई करोड ६८ लाख ८८ हजार ९४१ कारोनामुक्त भएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो