काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् ।
काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् । यसरी भागेकामध्ये अधिकाशं पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री बिल देखाउन नसक्ने भएपछि भागेको अनुगमन टोलीको भनाइ छ ।
अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको महानगरको पशुसेवा विभागका पशुसेवा अधिकृत डम्मरबहादुर बमले जानकारी दिए ।
यसरी भागेका व्यापारीलाई अनुगमन समितिमार्फत आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा बोलाइएको छ । खरिदबिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ् गरिएको हो भन्ने कुरा थाहा नहुने बताइएको छ । अनुगमनका क्रममा रहनुभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाका अनुसार खरिदबिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो ।
काठमाडौं माछा बजार समितिका अध्यक्ष वीरेन्द्रकुमार यादवले केही समय व्यापारीलाई सुध्रिने समय दिनोस् भन्दै आगामी दिनमा कानून नमान्ने व्यापारीलाई कारवाहीका लागि आफैबाट पनि सहयोग गर्ने बताए । अनुगमनका क्रममा सप्तरी माछा पसलमा भेटिएको नौ किलो सडेको माछा जफत गरिएको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा