लण्डन । नेपाल सरकारले बेलायतका लागि नयाँ नेपाली राजदुतमा लोकदर्शन रेग्मीलाई सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।
हाल नेपाल सरकारको मुख्य सचिव रहेका रेग्मीको कार्यकाल कात्तिक २ गते सकिँदै थियो तर सो अगावै आजै उनले पदबाट राजिनामा दिएका थिए । मन्त्रिपरिषदले उनको राजिनामा स्वीकृत गर्दै बेलायतका लागि नयाँ राजदुतमा सिफारिस गरेको हो ।
को हुन् रेग्मी ?
सन् १९६६ नोभेम्बर १६ मा स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए । सन् २००२ मा उनी वन तथा भूसंरक्षण मन्त्रालयको उपसचिव भएका थिए । सन् २००६मा उनी अर्थ मन्त्रालयमा सहसचिव भएका थिए । सन् २०१४ मा उनी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव भएका थिए । त्यसयता उनी अर्थ सचिव, गृह सचिवको कार्यभार सम्हाल्दै २०१७ देखि मुख्य सचिवका रुपमा कार्यरत थिए ।
रेग्मीले जनप्रसाशन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
रेग्मीले संसदीय सुनुवाई र बेलायतबाट एग्रिमो प्राप्त भएपछि बेलायतका लागि नेपालको २१ओैं राजदुतका रुपमा आफ्नो कार्यभार सम्हाल्नेछन् ।
हालसम्म को को राजदुत भए ?
| Ambassador Dr. Durga Bahadur Subedi | 2016 onwards | 20th |
| Ambassador Dr. Suresh Chandra Chalise | 2010- 2014 | 19th |
| Ambassador Mr. Murari Raj Sharma | 2007- 2009 | 18th |
| Ambassador Mr. Prabal S.J.B. Rana | 2003-2006 | 17th |
| Ambassador Dr. Singha Bahadur Basnyat | 1997-2003 | 16th |
| Ambassador Mr.Surya Prasad Shrestha | 1992-1997 | 15th |
| Ambassador Maj.Gen. Bharat Kesher Simha | 1988-1992 | 14th |
| Ambassador Mr.Ishwari Raj Pandey | 1983-1988 | 13th |
| Ambassador Mr. Jharendra Narayan Singha | 1979-1983 | 12th |
| Ambassador General Kiran S.J.B. Rana | 1974-1978 | 11th |
| Ambassador Colonel Upendra Bahadur Basnyat | 1969-1974 | 10th |
| Ambassador Mr.Ishwari Raj Mishra | 1966-1969 | 9th |
| Ambassador Mr. Kali Prasad Upadhaya | 1961-1965 | 8th |
| Ambassador Professor Ram Prasad Manandhar | 1957-1961 | 7th |
| Ambassador Mr. Daman S.J.B. Rana | 1954-1957 | 6th |
| Ambassador General Shankar S.J.B. Rana | 1949-1954 | 5th |
| Ambassador General Kaiser S.J.B. Rana | 1947-1949 | 4th |
| Minister General Singha S.J.B. Rana | 1939-1947 | 3rd |
| Minister General Krishna S.J.B. Rana | 1936-1939 | 2nd |
| Minister General Bahadur S.J.B. Rana | 1934-1936 | 1st |
स्रोत : नेपाली दुतावास लण्डन
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा