
लण्डन । संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई थप ५ करोड रुपैयाँ अनुदान दिने प्रक्रिया अघि बढाएको छ ।
कोरोनाका कारण बैदेशिक रोजगार गुमाएर समस्यामा परेका नेपाली श्रमिकहरुको सहयोगका लागि अन्तरराष्ट्रिय श्रम संगठनले उक्त रकम प्रदान गर्ने गरि छलफल प्रक्रिया अघि बढेको संघका उपाध्यक्ष डा. बद्री केसीले जनाएका हुन् । “आइएलओले एनआरएनए मार्फत बैदेशिक रोजगार गुमाएका मजदूरलाई सहयोग गर्न मौखिक सहमति भएको हो”, उपाध्यक्ष डा. केसीले भने, “लिखित सम्झैता भने हुन वाँकी छ । हामी चाडो भन्दा चाडो लिखित सम्झौता गर्ने तयारीमा लागेका छौं ।” यसअघि पनि आइएलओले संघलाई ५ करोड रुपैयाँ सहयोग दिएको थियो ।
आइएलओ र गैरआवासीय नेपाली संघबीच सहमतिपत्रमा हस्ताक्षर सम्बन्धी समाचार केही अनलाईनमा आएकोमा सत्यता नभएको संघ उपाध्यक्ष बद्री केसीले जनाए । ‘दुई पक्षवीच सम्झौता भएपछि संघले औपचारिक रुपमा विज्ञप्ती वा समझदारी पत्र समेत सार्वजनिक गरि जानकारी दिन्छ’, उनले भने ।
नेपाली श्रमिकहरु मध्ये कोभिड-१९ बाट प्रभावित देशका श्रमिकहरुमा उक्त रकम खर्च गर्ने योजना रहेको संघले जनाएको छ । उक्त सहयोगका लागि संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडालगायतले कार्यपत्र तयार पारेका थिए ।
आइएलओले संघको प्रस्तावलाई लामो समय अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने आश्वासन दिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको अन्तरराष्ट्रिय संस्था हो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा