
लण्डन । संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई थप ५ करोड रुपैयाँ अनुदान दिने प्रक्रिया अघि बढाएको छ ।
कोरोनाका कारण बैदेशिक रोजगार गुमाएर समस्यामा परेका नेपाली श्रमिकहरुको सहयोगका लागि अन्तरराष्ट्रिय श्रम संगठनले उक्त रकम प्रदान गर्ने गरि छलफल प्रक्रिया अघि बढेको संघका उपाध्यक्ष डा. बद्री केसीले जनाएका हुन् । “आइएलओले एनआरएनए मार्फत बैदेशिक रोजगार गुमाएका मजदूरलाई सहयोग गर्न मौखिक सहमति भएको हो”, उपाध्यक्ष डा. केसीले भने, “लिखित सम्झैता भने हुन वाँकी छ । हामी चाडो भन्दा चाडो लिखित सम्झौता गर्ने तयारीमा लागेका छौं ।” यसअघि पनि आइएलओले संघलाई ५ करोड रुपैयाँ सहयोग दिएको थियो ।
आइएलओ र गैरआवासीय नेपाली संघबीच सहमतिपत्रमा हस्ताक्षर सम्बन्धी समाचार केही अनलाईनमा आएकोमा सत्यता नभएको संघ उपाध्यक्ष बद्री केसीले जनाए । ‘दुई पक्षवीच सम्झौता भएपछि संघले औपचारिक रुपमा विज्ञप्ती वा समझदारी पत्र समेत सार्वजनिक गरि जानकारी दिन्छ’, उनले भने ।
नेपाली श्रमिकहरु मध्ये कोभिड-१९ बाट प्रभावित देशका श्रमिकहरुमा उक्त रकम खर्च गर्ने योजना रहेको संघले जनाएको छ । उक्त सहयोगका लागि संघको तर्फबाट संघका उपाध्यक्ष डा. बद्री केसी, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडालगायतले कार्यपत्र तयार पारेका थिए ।
आइएलओले संघको प्रस्तावलाई लामो समय अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने आश्वासन दिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको अन्तरराष्ट्रिय संस्था हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा