लण्डन । बेलायतमा अर्को सातादेखि स्टेट पेन्सन पाउने उमेर वृद्धि हुँदैछ ।
अक्टोबर ६ तारिखदेखि ६६ वर्ष पुगेपछि मात्र स्टेट पेन्सन पाउने गरी नियम परिवर्तन हुँदैछ ।
परिवर्तित नियमअनुसार ५ अक्टोबर १९५४ यता जन्मेकाहरुले स्टेट पेन्सन पाउन ६६ वर्षसम्म कुर्न पर्नेछ ।
महिला तथा पुरुष दुवैका लागि स्टेट पेन्सन पाउने एउटै उमेर तोकिएको छ । यसअघि सन् २०१०मा स्टेट पेन्सन पाउनका लागि महिलाका लागि ६० वर्ष र पुरुषका लागि उमेर तोकिएको थियो । त्यसलाई सन् २०१८ मा महिलाहरुका लागि स्टेट पेन्सन पाउने उमेर ६५ वर्ष बनाइएको थियो । सोको विरुद्ध महिलाहरु अदालतमा गएका थिए तर अदालतले सरकारकै निर्णयलाई मान्यता दिएको थियो ।
मानिसहरुको ओैसत आयु वृद्धि भएसँगै स्टेट पेन्सन पाउने उमेर पनि परिवर्तन हुँदैछ । सन् २०२८ मा ६७ वर्ष र सन् २०३८ मा ६८ वर्ष बनाउने प्रस्ताव गरिएको छ ।
बेलायतको न्याशनल इन्स्योरेन्समा १० वर्ष योगदान गरेकाहरु स्टेट पेन्सन पाउने उमेर पुगेपछि सो पेन्सन पाउन योग्य ठहरिन्छन् ।
बेलायतमा सन् १९४८ देखि स्टेट पेन्सन प्रचलनमा छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो