नेपाल रेडक्रस सोसाइटीले संस्थाको समग्र अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गरेको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीका तदर्थ अध्यक्ष डा नेत्र तिम्सिनाले श्वेतपत्र सार्वजनिक गरेका हुन । सोसाइटीको दर्ता नवीकरण हुन नसकी संस्थाको बैधानिकतामाथि प्रश्न उठेकोले संस्था नवीकरण पहिलो प्राथमिकतामा राखिएको जानकारी दिँदै उनले भने, “निर्वाचन गराउन पनि कर चुक्ता, समाज कल्याण परिषद्मा कार्यक्रम स्वीकृति, अनुमोदन तथा अनुगमनजस्ता कानूनी, वैधानिक विषयहरू टुङ्ग्याउनुपर्ने छ ।”
सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले विश्वका धेरै मुलुकमा जस्तै राष्ट्रिय कानून बनाई रेडक्रस सञ्चालनको लागि स्पष्ट कानूनी आधार खडा गर्नु संस्थाको दृष्टि भए पनि तत्कालको लागि संस्था दर्ता ऐनको मर्म बमोजिम नै रेडक्रसलाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको बताए ।
श्वेतपत्रमा उल्लेख भएवमोजिम तदर्थ समितिलाई दिइएको जिम्मेवारीमा कार्यसमिति प्रतिबद्ध रहेको र संस्थाको निर्वाचन कोभिडलगायत विकसित परिस्थितिमा आधारित हुने उनको भनाई थियो । श्वेतपत्रमार्फत तदर्थ समितिले नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद्, सञ्चार जगत र दातृ निकायगायत अन्य निकायसँगको सम्बन्धलाई थप सुधार बनाइनेलगायत २२ बुँदे प्रतिबद्धता जाहेर गरेको छ ।
श्वतेपत्रमा संस्थाको वर्तमान समस्या, सुधारका लागि प्रतिवद्धता र संस्थाको विद्यमान अवस्थाबारे उल्लेख गरिएको छ भने वर्तमान सांगठनिक, प्रशासनिक तथा आर्थिक अवस्था र अन्य स्रोत साधनको प्रयोग, भवन, जग्गा, गोदामघर र संस्थागत चालु गतिविधिका हालको अवस्थालाई पनि श्वेतपत्रमा चित्रण गरिएको छ । सोसाइटीका निर्देशक दिव्यराज पौडेलले रक्तसञ्चार, एम्बुलेन्स, आँखा स्याहारलगायत नेपाल रेडक्रसका विशेष सेवा र परियोजनाको अवस्थाका साथै गोदाम घर र सामग्रीको अवस्थाको बारेमा श्वेतपत्रमा आएको यथार्थ चित्रणले नेपाल रेडक्रसले गर्दै आएका सेवाको महत्व र व्यापकता झल्काउने बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो