बेलायतमा कोरोना भाइरस नियन्त्रणमा सेना परिचालन गरिने

तस्वीर: पेण्डल टुडे

लण्डन । इङ्ल्याण्डमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको प्रावधान पालना गराउनका लागि आवश्यक परे सेना परिचालन गरिने भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार साँझ सम्बोधन गर्दै सरकारले कोरोना भाइरसविरुद्ध लड्न तय गरेका नियमहरु कडाइका साथ पालना गराइने र यस कार्यमा प्रहरी परिचालन बताए । प्रहरीलाई सहयोग गर्नका लागि सेना परिचालन गरिने उनले प्रष्ट पारे ।

सबैको संयुक्त प्रयासले भाइरसलाई नियन्त्रणमा ल्याउन सकिने विश्वास व्यक्त गर्दै उनले यसअघि पनि नियन्त्रणमा ल्याइएको दृष्टान्त पेश गरे ।

भाइरस अहिले निकै फैलिइसकेको र नियन्त्रणका लागि केही नगरे आफन्तहरु असमयै गुमाउन पर्ने अवस्था आउनसक्ने खतरा उनले ओैल्याए ।

कोरोना भाइरसविरुद्ध लड्ने सबैभन्दा उत्तम हतियार ‘कमनसेन्स’ नै रहेको पनि उनले बताए ।

आफू कडा नियन्त्रणका प्रावधान लागू गर्न अनिच्छुक रहेकाे उल्लेख गर्दै उनले देशव्यापी लकडाउनले रोजगारी, जनजीवनमा नै जोखिम ल्याउन सक्ने बताए। तर सरकारले लागू गरेका नियमहरु पालना नगरिए अझ् कठोर कदम चालिने पनि चेतावनी दिए ।

यदि सामान्य नियमहरु पालना गरिएमा जाडो याम सबैले कटाउन सकिने विश्वास उनले व्यक्त गरे ।

जनस्वास्थ्य विज्ञहरुको सुझावका वावजूद प्रधानमन्त्री जोन्सनले लकडाउनको घोषणा भने गरेनन् ।

यसअघि मंगलबार दिउँसाे बेलायती संसदमा बोल्दै कोरोना भाइरसविरुद्ध लड्नका लागि नयाँ प्रावधानहरु घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री