लन्डन । प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमण नियन्त्रणका लागि मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन ।बिबिसिका अनुसार नयाँ नियम घोषणा मंगलबार साझ हुनेछ । घोषणा अघि प्रधानमन्त्री जोन्सनले नयाँ नियमको प्रस्तावलाई संसदबाट पारित गराएर कानूनी मान्यता दिलाउने बताइन्छ ।
उनले आगामी बिहीबारदेखि नयाँ नियम लागु गर्ने घोषणा गर्दै बेलायतका पब तथा रेष्टुरेन्ट राती १० बजे नै बन्द गर्नु पर्ने बताएका छन । कोरोना भाइरस संक्रमितको संख्या बढन थालेपछि उनले थप कडा कदम चाल्न लागेका हुन ।
विहीबारदेखि लागू गरिने नयाँ नियमअनुसार बेलायतभरका पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी क्षेत्रका सबै व्यवसाय राती १० बजे बन्द गर्नु पर्नेछ । खुला रहेको समय पनि ‘टेबल सर्भिस’ मात्रै दिन पाइनेछ । बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेर अलर्ट लेभल ४ पुग्दै गर्दा सरकार थप सतर्कताको प्रयासमा जुटेको छ । यहाँका बैज्ञानिकहरुले समयमै सही कदम चाल्न नसके अक्टोबर दोस्रो सातासम्म नयाँ संक्रमणको केसहरु दैनिक ५० हजार पुग्न सक्ने चेतावनी दिएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा