लण्डन । संविधान दिवसका अवसर पारेर नेपालका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट बेलायतका तीन नेपालीलाई विभूषण घोषणा भएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयद्वारा शनिबार सार्वजनिक विभूषण पाउने व्यक्तिहरुको सूचीमा बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी रवि लामिछाने (रविन्द्रजंग लामिछाने) सुप्रवल जनसेवा श्री तृतीयबाट विभूषित भएका छन् भने सोही विभूषणबाट बेलायतका लागि नेपाली राजदुता डा. दुर्गाबहादुर सुवेदी पनि सम्मानित भएका छन् ।
बेलायतमै रहेका प्रख्यात पर्वतारोही निर्मल पुर्जामगर कीर्तिमय राष्ट्रदीप चतुर्थबाट विभूषित भएका छन् ।
लामिछाने व्यवसायका अतिरिक्त समाजसेवामा पनि सक्रिय छन् भने एकल प्रयासमा ठाउँठाउँमा मन्दिर स्थापना गरिसकेका छन् ।
यसैगरी विगत चार वर्षदेखि बेलायतका लागि नेपालका राजदुत रहेका डा. सुवेदीको कार्यकालमा नेपालको बेलायतसितको उच्चस्तरीय भ्रमणहरु भएका छन् ।
पहिले बेलायती सैन्यसेवामा रहेका पर्वतारोही पुर्जाले विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल सात महिनामै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
विभूषण पाउनेको सूचीमा आफ्नो नाम पाएपछि प्रतिक्रिया दिँदै लामिछानेले सो विभूषणले नेपालको हितका लागि अझै काम गर्न प्रोत्साहन गरेको बताए । दशकौँदेखि देशका लागि निस्वार्थ कार्य गर्दै आएको बताउँदै उनले सम्माननीय राष्ट्रपति र नेपाल सरकारप्रति धन्यवाद व्यक्त गरे ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?